प्रदेश २ मा महन्थ ठाकुर निकट चार मन्त्री बर्खास्त
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूह निकट चारजना मन्त्रीलाई मन्त्रीमण्डलबाट बर्खास्त गरेका छन् । ठाकुर निकट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।
उपेन्द्र यादव निकट मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख डाक्टर राजेश झाले आइतबार राति नै मन्त्रिमण्डलमा हेरफेर गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
विज्ञप्तिमा मुख्यमन्त्री राउतलाई नै भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । अन्य मन्त्रीहरुको मन्त्रालय भने यथावत छ । प्रदेश २ मा जसपाका उपेन्द्र यादव पक्षले कांग्रेसको समर्थनमा सरकार बनाउने प्रयास थालेको छ ।केन्द्र सरकारमा जसपाका ठाकुर पक्ष सहभागी भएपछि प्रदेशमा त्यसको असर परेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चार मन्त्री बर्खास्त, #प्रदेश २ मा
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्