प्रदेश २ मा महन्थ ठाकुर निकट चार मन्त्री बर्खास्त

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूह निकट चारजना मन्त्रीलाई मन्त्रीमण्डलबाट बर्खास्त गरेका छन् । ठाकुर निकट भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।
उपेन्द्र यादव निकट मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख डाक्टर राजेश झाले आइतबार राति नै मन्त्रिमण्डलमा हेरफेर गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
विज्ञप्तिमा मुख्यमन्त्री राउतलाई नै भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ । अन्य मन्त्रीहरुको मन्त्रालय भने यथावत छ । प्रदेश २ मा जसपाका उपेन्द्र यादव पक्षले कांग्रेसको समर्थनमा सरकार बनाउने प्रयास थालेको छ ।केन्द्र सरकारमा जसपाका ठाकुर पक्ष सहभागी भएपछि प्रदेशमा त्यसको असर परेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चार मन्त्री बर्खास्त, #प्रदेश २ मा
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्