जसपा सरकारमा सहभागि हुने सहमति, राजेन्द्र महतो उपप्रधानमन्त्री, को–को बने मन्त्री सूचीसहित
काठमाडौं । राष्ट्रिय जनता समाजवादी पाटी सरकारमा जाने सहमति भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मन्त्रीमण्डल विस्तारमा सहमति जुटेको छ । जसपाबाट राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने निश्चित भएको हो ।
महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी तथा सरसफाई मन्त्रीमा अनिल झा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्ण बन्ने भएका हुन् ।
त्यसैगरी विमल श्रीवास्तव श्रम , रोजगार, तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकूद र चन्द्रकान्त चौधरी उर्जाराज्य मन्त्री बन्ने भएका हुन् । उनीहरुलाई आजै साँझ मन्त्री नियुक्त गरेर पद तथा गोपनियताको सपथ गराउने तयारी भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #राजेन्द्र महतो उपप्रधानमन्त्री, #राष्ट्रिय जनता समाजवादी पाटी सरकार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्