काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियो,केही खुकुलो बनाउदै यी क्षेत्र खोलियो
काठमाडौं । उपत्यकामा जेठ २१ गतेदेखि पुनः ११ दिन निषेधाज्ञा थप भएको छ । बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्याइएको थियो ।
जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको छ । यस्तै सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ९ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यस्तै निर्माण सामग्री ढुवानीका लागि भने सवारी साधनहरु राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ।
पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने र विभागको पास नभएकाले जिल्ला प्रशासनबाट लिएको पासका आधारमा आवातजावत गर्न पाइने आदेशमा उल्लेख छ। जनप्रतिनिधि, संवैधानिक निकायका पदाधिकारी तथा सचिव, न्यायाधीश, मन्त्रालयका सचिव, विभागीय प्रमुख र मन्त्रालयका सहसचिव आफ्नो परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। यीबाहेक अधिकांश क्षेत्र यथावत् रुपमा बन्द रहने छन् भने अत्यावश्यक भनेर तोकिएका क्षेत्रमा सामाजिक दूरी र स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
के–के खोल्न पाइन्छ त ?
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #किराना पसल, #निषेधाज्ञा थप
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल







तपाईको कमेन्ट लेख्नुहोस्