नेपालमा पनि भेटियो कालो ढुसीको संक्रमण,एक दर्जन बढीमा म्यूकोर्माइकोसिस
काठमाडौं । कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको कालो ढुसीको संक्रमण नेपालमा पनि देखिएको छ । बेलायतमा देखिएको यो संक्रमण नेपालमा पनि एक दर्जन मानिसमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दश दिनअघि मन्त्रालयले तीन/चार जनामा कालो ढुसीको संक्रमण देखिएको जानकारी दिएको थियो । तर, अहिले म्यूकोर्माइकोसिसका करिब १२ वटा रिपोर्टिङ फेला परेको बताइएको छ ।
वीरगन्ज, नेपालगन्ज र काठमाडौं लगायत स्थानका अस्पतालबाट कालो ढुसीको संक्रमण फेला परेका हुन् । भारतमा ब्ल्याक फङ्गसु अर्थात् कालो ढुसीबाट हजारौँ मानिस संक्रमित भएका छन् । कोभिड बिरामीका आँखा बिगार्ने घातक कालो ढुसीको संक्रमण नेपालमा पनि, कसरी जोगिने
कोभिड बिरामीका आँखा बिगार्ने घातक कालो ढुसी केही दिनअघि उत्तर प्रदेशका एउटै बिरामीमा ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको विरल सङ्क्रमण देखिएको बीबीसी हिन्दीले जनाएको थियो।
नेपालमा सुरुमा सीमावर्ती सहर वीरगन्जबाट कालो ढुसीको सङ्क्रमणबारे मन्त्रालयलाई रिपोर्ट गरिएको थियो। त्यसयता निगरानी थालेको मन्त्रालयले उक्त ढुसीको सङ्क्रमण रोकथाम तथा उपचारबारे प्रोटोकल बनाएर सार्वजनिक गर्ने क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको सङ्गठनले भने रोकथाम र व्यवस्थापनसम्बन्धी एउटा एड्भाइजरी प्रकाशित गरिसकेको छ। नाक रातो हुने, नाकमाथिको छाला कालो देखिने र आँखा खोल्न गाह्रो हुने समस्या यसका लक्षणहरु हुन् । मान्छेको मस्तिष्कमा सङ्क्रमण पुगेमा टाउको दुख्ने, वान्ता हुने, शरीरमा कमजोरी हुने जस्ता लक्षण देखिन्छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कालो ढुसीको संक्रमण
ताजा खबर
- १कांग्रेस सांसद कृष्णबहादुर रोकाय बने विधायन व्यवस्थापन समितिको सभापति
- २सरकारले भन्यो-जोरबिजोर प्रणाली लागू हुन सक्छ
- ३राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
- ४पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
- ५मन्त्रिपरिषदको वरीयता हेरफेरः पाँचौमा झरे सुधन, आठौंमा उक्लिइन् सीता वादी



तपाईको कमेन्ट लेख्नुहोस्