पछिल्लो २४ घण्टामा कोरोनाबाट १ सय ६९ जनाको मृत्यु
नेपालमा मंगलबार थप ८ हजार ६ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २२ हजार ३ सय ६ पिसिआर परिक्षणका क्रममा ८ हजार ३ सय ८७ र ६ सय ३० एन्टीजेन परिक्षणका क्रममा २ सय ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ सय ६९ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ६ हजार सात सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार चार सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा चार लाख ४ हजार ८ सय ८७ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ लाख १७ हजार २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा र ९ सय १४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २९ लाख ५८ हजार ६ सय २० वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोना पुष्टि
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्