एकैदिन थपिए ८ हजार ६ सय ६ संक्रमित,१ सय ७७ संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २२ हजार ३ सय ५३ जना पीसीआर र ८ सय ७३ जनाको एन्टीजेन परीक्षण गर्दा काठमाडौंमा १ हजार ७ सय ५३, भक्तपुरमा २ सय ९५ र ललितपुरमा ४ सय सहित ८ हजार ६ सय ७ मा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
हाल ४७ जिल्लामा ५ सयभन्दा बढी संक्रिय संक्रमित रहेका छन् । १४ जिल्लामा २ सय भन्दामाथि सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोजेटिभ मध्ये मृत्युदर १.६ प्रतिशत रहेको छ । हालसम्म ६ हजार २४ संक्रमितको मृत्यु भएको छ ।
शुक्रबार ७ हजार ८ सय ९० जना संक्रमित कोरोना मुक्त भएका छन् । हाल कोरोना संक्रमण पश्चात निको हुनेदर ७५.४ प्रतिशत रहेको छ । हालसम्म ३ लाख ७४ हजार ८ सय ३६ जना संक्रमण पश्चात निको भएका छन् ।
अहिले १ लाख १६ हजार १ सय ९२ जनाआइसोलेसनमा छन् । उनीहरु मध्ये १ लाख ८ हजार ४ सय ९५ जना होमआइसोलेसन र ७ हजार ६ सय ९७ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् । उपचारमा रहेकामध्ये १ हजार ७ सय १६ जना आइसियु र ५ सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभरका क्वारेन्टिनमा ९ सय १२ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १बालेन सरकारको सय दिन, प्रशासनिक सुधार, सार्वजनिक सेवाप्रवाहमा जोड
- २कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेवीस्थित नयाँ कार्यालयबाट काम गर्ने
- ३शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न गगनको सुझाव
- ४बालेन सरकार ऐनले नचिनेका व्यक्तिको स्वेच्छाचारी शासन भएको एमालेको निष्कर्ष
- ५जनताले महशुस हुनेगरी काम गर्न नसकेको हर्कराज राईको जिकिर



तपाईको कमेन्ट लेख्नुहोस्