एकैदिन थपिए ८ हजार ६ सय ६ संक्रमित,१ सय ७७ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ६ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २२ हजार ३ सय ५३ जना पीसीआर र ८ सय ७३ जनाको एन्टीजेन परीक्षण गर्दा काठमाडौंमा १ हजार ७ सय ५३, भक्तपुरमा २ सय ९५ र ललितपुरमा ४ सय सहित ८ हजार ६ सय ७ मा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
हाल ४७ जिल्लामा ५ सयभन्दा बढी संक्रिय संक्रमित रहेका छन् । १४ जिल्लामा २ सय भन्दामाथि सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा १ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोजेटिभ मध्ये मृत्युदर १.६ प्रतिशत रहेको छ । हालसम्म ६ हजार २४ संक्रमितको मृत्यु भएको छ ।
शुक्रबार ७ हजार ८ सय ९० जना संक्रमित कोरोना मुक्त भएका छन् । हाल कोरोना संक्रमण पश्चात निको हुनेदर ७५.४ प्रतिशत रहेको छ । हालसम्म ३ लाख ७४ हजार ८ सय ३६ जना संक्रमण पश्चात निको भएका छन् ।
अहिले १ लाख १६ हजार १ सय ९२ जनाआइसोलेसनमा छन् । उनीहरु मध्ये १ लाख ८ हजार ४ सय ९५ जना होमआइसोलेसन र ७ हजार ६ सय ९७ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् । उपचारमा रहेकामध्ये १ हजार ७ सय १६ जना आइसियु र ५ सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभरका क्वारेन्टिनमा ९ सय १२ जना रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्