Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

नयाँ भेरियन्ट झनै खतरनाक,कोरोनाबाट बच्न बनौं सर्तक


काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमित थपिदै जाँदा सुरुकै भेरियन्ट हो या नयाँ हो भन्ने पत्ता लाग्न सकेको थिएन । अनुमानका भरमा दोस्रो या तेस्रो भेरियन्ट भनिरहदा तेस्रो नयाँ भेरियन्टबाट नेपालमा संक्रमण फैलिएको पुष्टि भएको छ । नेपालमा नयाँ भेरियन्ट पत्ता लगाउन परिक्षणका लागि आवश्यक पर्ने उपकरणको व्यवस्था नहुँदा गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुना भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङका लागि पठाइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही परिक्षणपछिको रिपोर्टमा ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १ दशमलव ६१७ दशमलव २ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १ दशमलव ६१७ दशमलव २ पुष्टि भएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो । मंगलबार प्राप्त नतिजा अनुसार ९७ प्रतिशत तेस्रो भरियन्ट पुष्टि भएको हो । निक्कै छिटो संक्रामक हुने यो भेरियन्ट नेपालमा केही साताअघि नै फैलिएको पुष्टि भएको छ ।

तुलनात्मक रुपमा युके भेरियन्टभन्दा अझै तीब्र गतिमा प्रसार हुने यो भाइरसले सबै वर्ग र उमेर समूहका व्यक्तिलाई असर गर्ने हुदा सजग रहन विज्ञहरुले आग्रह गरेका छन् । किनकी यो भाइरस यतिबेला समूदायमा मात्रै होइन एउटै घरका धेरै परिवारमा समेत संक्रमण भएको छ । यो नयाँ भेरियन्टको भाइरस धेरैमा प्रसार हुने, संक्रमितमा धेरै लक्षण देखिने मात्रै होइन अघिल्ला भेरियन्टको तुलनामा बढी घातक समेत छ । यो सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अहिलेसम्म कोरोना भाइसरको ३ वटा भेरियन्ट नेपालमा भएको सरकारी निकायले दाबी गरिरदा उक्त भाइरस पत्ता लगाउने उपकरण अहिले पनि नेपालमा छैन् । जसका कारण संक्रमण भयावह बनेपछि मात्रै कुन र कसरी संक्रमण फैलिरहेको छ भन्ने पुष्टि हुने गरेको छ । यदि संक्रमण रोग तिव्र रुपले नफैलिदै कारण पत्ता लगााउने हो भने केही हदसम्म संक्रमण रोक्न सक्ने चिकित्सक दाबी गर्छन् ।

संक्रमण नघट्दा यतिबेला अस्पताल नै खचाखच भरिएका छन् । बेड र अक्सिजन नपाएर यतिबेला पनि बिरामी छटपटाउनुपर्ने अवस्था छ । मृत्यु समेत बढ्दा मानिसहरुमा त्रास पनि उत्तिकै छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा २ सय ४६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । थप ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #भेरियन्ट, #संक्रमण फैलिएको पुष्टि

तपाईको कमेन्ट लेख्नुहोस्