प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको सपथ,सबै पुरानै मन्त्री दोहोरिए
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । सँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति बनेका छन् । गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
सांसद पदमा नरहेका माओवादीबाट एमालेमा आएका मन्त्रीहरुले पनि सपथग्रहण गरे । संविधान अनुसार जेठ १० गते खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा लामा स्वतः पदमुक्त हुँदै थिए । तर, ओली पुनः प्रधानमन्त्री नियुक्त भएर नयाँ सरकार बनेसँगै उनीहरुलाई फाइदा भएको छ ।
ओलीको मन्त्रिपरिषद्का सबै सदस्यले पूर्ववत जिम्मेवारी पाएका छन् । २५ सदस्यीय मन्त्रिपरिषदमा ९ जना जनजाति, ४ जना मधेशी र ४ जना महिलाले स्थान पाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली, #सपथ ग्रहण समारोह
ताजा खबर
- १मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- २मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान
- ३जहरसिंह पौवा दुर्घटनाः ४ जनाको मृत्यु, २७ घाइते
- ४जनार्दन शर्मा रुकुमपश्चिमबाट चुनाव लड्ने पक्का, प्रलोपाले गर्यो एकल नाम सिफारिस
- ५कांग्रेसमा महामन्त्रीद्वय गगन र विश्वप्रकाशले बोलाए विशेष महाधिवेशन




तपाईको कमेन्ट लेख्नुहोस्