कोरोना संक्रमणमा फेरि नयाँ रेकर्ड,एकैदिन थप ९ हजार ७० जनामा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुधबार देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो ।
बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै कूल संक्रमित संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोनाकै कारण ३ हजार ५ सय २९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या प्रतिशत १९.६९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ ।
दिनहुँ संक्रमणको दर बढ्दै जाँदा अवस्था भयावह बन्दै गएको देखिन्छ । मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको हो भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्