कोरोना संक्रमितको उपचारका लागि रुकुमपश्चिको स्वास्थ्य सेवा कार्यालयमा थप सेवा विस्तार
रुकुमपश्चिम । पछिल्लो समय रुकुमपश्चिममा पनि कोरोना संक्रमित दैनिक थपिदै गएपछि अस्पतालमा सेवा विस्तार गर्न लागिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि कोरोना संक्रमितको उपचारमा थप सहजता ल्याउन स्वास्थ्य सेवा कार्यालयमा सेवा बिस्तार गर्न लागिएको हो ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम सल्लेबाट सञ्चालन हुदै आएका प्रसुति सेवा बाहेक अन्य सेवाहरु मुसिकोट नगरपालिकाले सञ्चालन गरेको राप्ती समाज अस्पतालको भवनबाट सञ्चालन गर्ने निर्णय गरिएको छ । पूर्व गृहमन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको उपस्थितिमा बिहिबार भएको बैठकले १२ वटा निर्णय गरेको छ ।
त्यस्तै जनस्वास्थ्य कार्यालयको प्रशासनिक भवनलाई अन्य ठाउँमा राखेर त्यहाँ कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने, कोरोना उपचार व्यवस्थापनका लागि प्रदेश सरकारबाट आएको १ करोडलाई शब बहान, एम्बुसेन्स र अक्सिजन लगायतका सामाग्रीहरु खरिद गर्ने लगायतका निर्णय भएका छन ।
पूर्वमन्त्री शर्माले जिल्लामा कोरोना संक्रमितको उपचार कसरी भइरहेको छ भन्नेबारे समेत निरिक्षण गरेका थिए । रुकुमपश्चिममा आठविसकोट, चौरजहारी नगरपालिकाले समेत कोरोना उपचारका लागि अस्पताल बनाएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #रुकुमपश्चिममा पनि कोरोना
ताजा खबर
- १प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
- २प्रधानमन्त्री चयनमा संविधानको धारा ७६ (१) पहिलोपटक प्रयोग हुँदै, लिनुपर्दैन विश्वासको मत
- ३रुकुममा बिहे हेर्न गएका एक घरका तीन युवतीमध्ये दुई मृत भेटिए, एक अझै बेपत्ता
- ४मोदीको पोस्टमा बालेनको टिप्पणीः नेपाल–भारत सम्बन्ध परिणाममुखी बनाउने विश्वास छ
- ५यही व्यवस्थामै बहुमत आउने पुष्टि भयोः कांग्रेस महामन्त्री पौडेल






तपाईको कमेन्ट लेख्नुहोस्