प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ताको पत्र माओवादी केन्द्रले बुझाउँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज सरकारलाई आफ्नो समर्थन नरहेको औपचारिक पत्र संसद् सचिवालयमा बुझाउदैं छ । मंगलबार पार्टी बैठकले गरेको निर्णयअनुसार आज औपचारिक पत्र बुझाउन लागिएको हो । पार्टीका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोलीले सिंहदरबारस्थित संसद् सचिवालय पुगेर औपचारिक जानकारी दिन लागेको हो।
राजनीतिक रुपमा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई आफूहरूको समर्थन नरहेको बताउँदै आए पनि कानुनी रुपमा फिर्ताको निर्णय गरेको थिएन । प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले पनि समर्थन फिर्ताको निर्णय गरेको हो।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। प्रधानमन्त्रीले लिने विश्वासको मत फेल गराउन अन्य दलहरुसँग समेत छलफल गर्ने माओवादीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #माओवादी केन्द्र, #संसद् सचिवालय
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्