कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सुरक्षित, एमालेका ४ सांसदले दिए मत
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सुरक्षित भएका छन् । एमालेका ४ सांसदले मत दिएपछि शाहीले विश्वासको मत पाएका हुन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार जोगिएको छ ।
३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर, मुख्यमन्त्री शाहीले २२ मत पाए । प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् ।
त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । नेकपा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका हुन् । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #शाही सुरक्षित
ताजा खबर
- १राष्ट्रिय स्वतन्त्र पार्टीमा थपिए केन्द्रीय सदस्य,को को आए नयाँ ?
- २भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- ३प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ४गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ५ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा



तपाईको कमेन्ट लेख्नुहोस्