मन्त्रिपरिषद बैठक बस्दै, होला त तीन साता बिद्यालय बन्द गर्ने निर्णय ?

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नियमित बैठक बस्न लागेको बताइएको छ । नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे बैठकमा छलफल हुनेछ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ । यसबीचमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्तिका लागि भारतीय समकक्षीहरुसँग टेलिफोन संवाद गरेपनि छलफल सार्थक बन्न सकेको छैन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #३ साता विद्यालय बन्द, #मन्त्रिपरिषद
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्