प्रेस युनियनले लियो पत्रकार महासंघको नेतृत्व, बिपुल पोखरेल ३ हजारबढी मतान्तरले विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावमा विपुल पोखरेलको प्यानल विजयी भएको छ । अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका हुन् । पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरेकी छिन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६ सय ९१ मत प्राप्त गरेका छन् ।
पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा प्रेस युनियनले सिंगै प्यानलमा जित हासिल गरेको हो । अध्यक्षमा विपुल पोखरेलले प्रतिद्वन्द्वी निर्मला शर्मालाई दुई हजारभन्दा बढी भोटले पछि पारेका छन् । विपुलको जित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाएको छ । जितपछी अध्यक्ष पोखरेलले यो परिणामले पत्रकारको मुद्दालाई स्थापित गर्नको लागि प्रेरित गरेको बताउनुभएको छ । कसैको हारजित भन्दा पनि श्रमजिवी पत्रकारको समस्यामा महासंघले नयाँ रणनिती बनाएर अघि बढ्ने दाबी गरे । पोखरेलसँग पराजय भएकी निर्मला शर्माले जसले जितेपनि पत्रकार कै जित भएको बताइन । प्राविधिक रुपमा हार भएपनी धेरै पत्रकारको मत आफुसँग भएको र आफु बाहिर भएपनि महासंघलाई ब्यवसायिक पत्रकारको संगठन बनाउन लागिपर्ने बताइन ।
बुधबार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भएको थियो । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्लाशाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वकालागि १३ हजार बढी सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए । महासंघका जिल्ला शाखा ७६, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य संख्या अनुसार रहने व्यवस्था छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्