दुई दशकभन्दा लामो समयको प्रतीक्षापछि आज काठमाडौै उपत्यकावासीको घर–घरमा मेलम्चीको पानी आउँदै
काठमाडौं । दुई दशकभन्दा लामो समयको प्रतीक्षापछि आजदेखि मेलम्चीको पानी राजधानी काठमाडौं उपत्यकावासीको घर–घरमा वितरण सुरु गरिँदैछ । मेलम्ची आयोजनाका अनुसार पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी वितरण हुनेछ । तत्कालका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडकै वितरण प्रणालीमार्फत सबै धारामा पानी पु¥याउन लागिएको आयोजनाले जानकारी दिएको छ ।
आज विहान ८ बजे नै सुन्दरीजलबाट छाडिने तयारी भए पनि त्यो क्षेत्रमा विद्युत आपूर्ति नभएका कारण केहि समय धकेलिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ । दिउँसो २ बजेसम्ममा पानी धारामा झर्ने जनाइएको छ । अहिले परीक्षणका रुपमा पानी वितरण गर्न थालिए पनि आयोजनाको औपचारिक उद्घाटन भने केहि दिनपछि हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भनिए पनि मिति सार्वजनिक गरिएको छैन । उद्घाटनका लागि सुन्धारामा सार्वजनिक धारो निर्माण भइरहेको छ । मेलम्ची आयोजनाको पूर्ण क्षमता १७ करोड लिटर हो । पूर्ण क्षमतामा पानी वितरण गर्न करिव २० दिन लाग्नेछ । सुरुमा पुरानो वितरण प्रणालीमाफर्त पानी दिइए पनि उपत्यकामा रहेका सबै रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै वितरण हुनेछ । आयोजनाले उपत्यकाका सबै धारामा दैनिक पानी पु¥याउने गरी तयारी गरिरहेको बताएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्