मेलम्चीको पानी दैनिक प्रतिब्यक्ती एक सय लिटर पाइने
काठमाडौं । मेलम्चीको पानी दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा वितरण गरिदैछ । चैत १५ गते सम्म सबै परिक्षण गरिसकेपछि पानी वितरण गरिने गरी आवश्यक तयारी भैइरहेको छ । हाल उपत्यकामा पानी वितरण गर्न ८४ हजार २ सय १७ घरमा धारा जडान गरिएको भएपनि परिक्षणको रुपमा २० हजार घरमा मात्र पानी वितरण पठाइने छ । राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति १०० लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने छन् ।
दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची पानी सिधै ७ मिटर अग्ला घरसम्म सिधै उपल्ब्ध हुनेछ । मेलम्चीमा याङग्री र लार्के खोलाको पानी मिसाईपछि करिब ५१ करोड लिटर पानी उपत्यकामा आउने छ र सो पानी करिव ४० लाख जनताले पानी उपयोग गर्न सक्न छन् ।सकेसम्म चैतको दाश्रो हप्तापछि पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिए ।
मेलम्ची आयोजनाले यति सबै तयारी पुरा गरेको बताए पनि उपत्यकका बासी अझैपनि पानी आउँने कुरामा विश्वास्त छैनन । मेलम्ची आयोजनामा हालसम्म ३१ अर्व रुपयाँ लगानी भईसकेको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट राजधानी लैजाने भनेर सन् १९९८ देखि आयोजना शुरु भएको थियो । लामो प्रतिक्षा र अनेक उतारचढाव पछि बलल राजधानीबासीले मेलँचीको पानी चाख्न पाउने आशा पलाएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #मेलम्चीको पानी
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्