Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

भारतमा बढ्दो कोरोना संक्रमण,नेपालमा छैन् चासो


काठमाडौं । पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढ्दो क्रममा देखिएसंगै नेपालमा पनि त्रास बढ्न थालेको छ । खुल्ला सिमाना भएको कारण पनि नेपालले पुन सतर्कता अपनाउनु पर्ने देखिएको छ । भारत सरकारको तथ्यांकअनुसार पञ्जाब, केरला, कर्नाटका, गुजरात र राजधानी दिल्लीमा कोरोनाको नया संक्रमतिको संख्यामा बृद्धि भएको छ । गत सेप्टेम्बरयता भारतमा कोरोना संक्रमण घट्न थालेको थियो, तर, पछिल्लो समय एक सातामा मात्र भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २० हजारभन्दा धेरैले बढ्न थालेको छ । यस्को असर नेपालमा पनि पर्ने भन्दै त्रास बढ्न थालेको छ । तर नेपालमा पनि अझै कोरोना संक्रमण रहेको कारण सतर्कता अपनाउनु पर्ने भन्दै नेपाल संग जोडिएको भारतका राज्यहरुमा देखा नपरे सम्म आत्तिनु पर्ने अवस्था नरहेको जनस्वनस्थ्यविज्ञको भनाई छ ।

त्यसो त भारतमा कोरोना संक्रमितको संख्या अत्यधिक बृद्धि भएपनि मृत्युदर भने कमै छ । भारतको पब्लिक हेल्थ फाउण्डेसनका अनुसार कोरोना संक्रमण नियन्त्रणको लागि भारत सरकारले आवश्यक मापदण्डको पालना नगरेको कारण संक्रमण बढिरहेको आरोप लगाएका छन् । साथै मानिसहरुले पनि मास्क लगाउने र भौतिक दुरी कायम राख्नेजस्ता मापदण्ड मान्न छाडेकाले अहिलेको अवस्था आएको उल्लेख गरिएको छ ।

नेपालमा पनि सबै प्रकारको कार्यालय खुल्ला गरे पनि, व्यापार व्यावसाय चलायमान बनाएपनि स्वास्थ्यको मापदण्ड पालना गर्र्नै पर्ने दिक्षितको भनाई छ । साथै तत्काल ६० देखी ७० प्रतिशत नागरिकमा भ्याक्सिन लगाउनै पर्ने दिक्षीतको आग्रह छ । भारतमा उच्च स्तरको आर्थिक गतिविधि हुने स्थान , अत्यधिक जनघनत्व भएका सहर, निकै भिडभाडयुक्त स्थानमा कारखानामा काम गर्नेहरुमा संक्रमण देखिएको छ । उनिहरुले स्वास्थ्यको मापदण्ड पालना नगरेको कारण नै संक्रमण बढेकोले यदि हामीले पनि आवश्यक मापदण्ड पालना गर्दैनौं भने अवस्था नियन्त्रणभन्दा बाहिर जान सक्छ । त्यसैले सबैले संक्रमण प्रति ध्यान दिनै पर्छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्