नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता
काठमाडौं । पछिल्लो अद्यावधिकबाट देशमा १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम गरिएको छ। गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सम्पन्न भएपछि मतदाताको अन्तिम नामावली प्रकाशन गरिदा यो संख्या पुगेको हो ।
मुलुकभर १० हजार ६ सय ६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको छ।
मतदाता नामावली ऐनमा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन । गत पुस ६ गतेदेखि स्थगन गरिएको थियो। आयोगका अनुसार स्थगन भएको मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य अब बिहीबारदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य सञ्चालन हुनेछ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्