तेस्रो पटकमा पनि प्रतिनिधि सभाले पाएन सरकारबाट कुनै बिजनेश
काठमाडौं । पुर्नस्थापित प्रतिनिधि सभाको तेस्रो बैठक बसीसक्दा समेत संसदमा कुनै बिजनेश बिनै बैठक सिद्धिने गरेको छ । यसरी बैठक सकिदा सांसदहरुका लागि केवल भत्ता पचाउने थलो मात्रै बनेको छ संसद । तर सरकारले संसदलाई बिजनेश दिइरहेको बताएपनि अन्य दल भने सरकारले नै संसदलाई गतिशील र प्रभावकारी बनाउन नचाहेको आरोप लगाईरहेका छन् । गत पुष ५ गते प्रधानमन्त्री ओलीले संसद बिघटन गरेसँगै सांसदहरुको जागीर खोसिएको थियो । तथापी संसद बिघटन भएको ६५ दिनपछि फागुन ११ गते सर्वोच्चले संसद पुर्नस्थापना भएको निर्णय सुनाउँदै फागुन २३ गतेका लागि संसद बैठकको मिति समेत तय गरीदिएको थियो । सरकारले संसदको पहिलो बैठकमै केही अध्यादेशहरु ल्याउन खोजेपछि सांसद बहिष्कार र नाराबाजी चलेको थियो । त्यससँगै सरकारले अध्यादेश पेश गर्ने लगायत कुनै पनि विजनेश नदिएकोले तिन पटक सम्म संसद बैठक बस्दा समेत कुनै बिजनेश हुन सकेको छैन ।
पहिलो बैठक सत्तापक्षकै सांसदहरुले बहिष्कार गर्नु, प्रमुख प्रतिपक्ष काँग्रेसले अध्यादेशको बिरोध गर्नुले सारीए पनि अन्य दुई बैठक केवल शोक प्रस्ताब पारीत गर्दै टुङ्गीएका छन् । तर सरकार भने आफुहरुले बिजनेश दिन खोजे पछि संसदमा रहेका दलहरुले बिरोध गरेकाले यो अवस्था श्रृजना भएको बताईरहेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र समेत सत्तापक्ष सदनलाई गतिशील गराउने र सदनलाई प्रभावकारी रुपमा अगाडि बढाउने मानसिकतामा आजको मितिसम्म नरहेको बताईरहेका छन् । आजको बैठकसम्म आईपुग्दा सत्ता पक्षले अहिलेसम्म कुनैपनि बिजनेश नदिएकाले समस्या आएको बताईरहेका छन् । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले भने सरकारले संसदलाई अनिर्णयको बन्दी बनाएर राख्नु जनमतको अपमान भएको बताए । सरकारले पहिलो बैठकमै संवैधानिक परिषद् सम्वन्धि अध्यादेश ल्याएपछि बिरोध भएको थियो । संविधानको प्रतिकुल रहेको भन्दै प्रमुख प्रतिपक्ष दल काँग्रेसले त्यसमो बिरोध जनाएको थियो ।
संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए । सर्वोच्च अदालतको फैसलापछि पुनःस्थापित संसदको बैठक ३ दिन बसिसकेको छ । तर प्रधानमन्त्री ओली तीनै दिनका बैठकमा उपस्थित भएनन् । फागुन २३ र २६ गतेको बैठक भने ढिला सुरु भएको भन्दै प्रधानमन्त्री ओली संसद् भवनबाट बाहिरिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभा बैठक सकिएपछि संसद् भवन पुगेका थिए । यसअघिको बैठकमा सभामुखले बैठक समयमा सञ्चालन नगरेको आरोप लगाउँदै बैठकमै नबसेका प्रधानमन्त्री ओली मंगलबार भने समयमै सुरु भएको बैठकमा पुगेनन । कुनै बिजनेश दिन नसकेको बैठक केही मिनेट मात्रै बसेर चैत्र ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधि सभाको तेस्रो बैठक, #शोक प्रस्ताब
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्