नेपाली कांग्रेस पर्ख र हेरको अवस्थामा, नेकपाको आधिकारिक खोज्दै,बामदेवको अर्कै रणनिति
काठमाडौं । नयाँ सरकार बनाउनका लागि नेकपाको प्रचण्ड माधव समुहले कांग्रेसको साथ खोजेको छ । कांग्रेसको साथबीना अर्को सरकार बन्न पनि नसक्ने अवस्थामा छ । चुनावले प्रतिपक्षमा पुर्याएको कांग्रेसलाई मौकाले फेरी सत्तामा पुग्ने अवस्था त सृजना भएको छ । तर सरकारमा जाँदा बेफाइदा हुने मत कांग्रेसभित्रै देखिन थालेको छ । संसद पुनःस्थापना भएसँगै नेपाली कांग्रेसले नचाहेर पनि सरकारमा जानुपर्ने अवस्था सृजना भएको छ । सरकारमा सहभागि मात्रै होइन, सरकारको नेतृत्व नै गर्नुपर्ने अवस्था देखिएको छ ।
केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अभियानमा लागेको नेकपाको प्रचण्ड माधव समुहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनेर सहयोग गरिदिन आग्रह गरिसकेको छ । तर नेकपाको विवादका कारण सृजित अहिलेको समस्यामा समाधानका लागि कांग्रेस अघि सर्न नहुने धारण अधिकांश कांग्रेस नेताहरुको रहेको छ । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको प्रतिरक्षाका लागि कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । संसदीय व्यवस्थालाई जोगाउनका लागि पनि कांग्रेसले यतिबेला नेतृत्वदायी भूमिका खेल्नुपर्ने खाँडको भनाई छ । कांग्रेसले नेकपाको प्रचण्ड माधव समुहलाई पहिला दलको पहिचान गरेर मात्रै सरकार प्रक्रिया अघि बढाउन सुझाब दिएको छ ।
दुई समुह बने पनि दल विभाजन नभएको अवस्थामा सहकार्य कठिन हुने अधिवक्तासमेत रहेका नेता राधेश्याम अधिकारी बताउँछन् । संसद पुर्नस्थापना भएपछि राजनीतिक बृत्तमा सत्ता समिकरणको खेल सुरु भएको छ । नेकपाको झगडा मिलेर केपी शर्मा ओली नेतृत्वकै सरकारले निरन्तरता पाउँछ कि पुष्पकमल दाहाल या माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्छ ? नेकपा कानुनी रुपमै विभाजन हुन्छ कि हुँदैन ? नेकपा कानुनी रुपमै विभाजन भयो भने कस्तो र कसको नेतृत्वमा सरकार बन्छ ? नयाँ सत्ता समीकरण कस्तो बन्छ ? कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) कसको भूमिका कत्तिको महत्वपूर्ण हुन्छ ? भन्ने प्रश्न र अड्कलबाजी भैरहेका छन् ।
१३ दिनभित्र संसद बैठक बस्ने भएपछि नयाँ सरकार गठनका लागि दौडधुप तीब्र बनेको छ । तर, नेकपा उपाध्यक्ष बामदेव गौतम भने अर्के रणनितिमा लागेको छ । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरे । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् । दिउँसो बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरे । गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् । नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताएका गौतमले बिहीबार प्रचण्ड (माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कांग्रेस, #प्रचण्ड माधव समुह, #संसद पुर्नस्थापना
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्