Techie IT
  • ८ माघ २०८१, मंगलबार
KhojPatrika

घटेन तेलको मुल्य,अनुगमन शुन्य, उपभोक्ता मारमा


काठमाडौं । नेपाली बजारमा कुन वस्तुको मूल्य कहिले बढ्छ पत्तो पाइदैन । सरकारी अनुगम प्रभावकारी नहुँदा व्यापारीको मनोमानी मौलाइरहेको छ । जसले गर्दा उपभोक्ता सधैँ मर्कामा पर्ने गरेका छन् । पछिल्लो समय खाने तेलको मूल्य आकाशिएको छ । बजारमा व्यापारीहरूले खाने तेलमा अस्वभाविक रूपमा मुल्यवृद्धि गर्न थालेका छन् । पछिल्लो एक महिनामै तोरी, सोयाबिन र सूर्यमुखी तेलको मूल्य मनपरी ढंगले वृद्धि गरेका छन् ।

उपभोक्ताको भान्सा महँगो भइरहेको छ । होलसेलमा नै सूर्यमुखी तेल एक कार्टुनको पहिला १८ सयमा बेचिराखेको भएतापनि अहिले मुल्य वढेर २ हजार रुपैया पुगेको छ । त्यस्तै भटमासको तेलपनि १७ सय रुपैयाँमा बिक्री हुने गरेकोमा अहिले १९ सय ५० पुगेको छ । तेलको मुल्यमा बृद्धि हुँदा उपभोक्ताहरु किन्न नसकिने गुनासो गर्छन । यता व्यापारीले भने ग्राहकलाई मारमा नपारेको दावी गर्छन् । थोक खरिद गर्दा नै मूल्य बढेकाले सोहीअनुसार बेचिएको व्यापारी बताउँछन् । थोक विक्रेताहरु चाँही तेलको कच्चा पदार्थको मूल्य बढेकोले खुद्रामा पनि वृद्धि भएको बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले उपभोक्ताको हितमा पटक पटक आवाज उठाइरहेको बताएका छन् । उनले मुल्यवृद्धि हुनुभन्दा अगावै कृषि मन्त्रालयमा छलफल गरेर घटाउन दबाब दिएको र अझै दिने बताएका छन् । विभिन्न बहानामा तेलको मूल्य बढे पनि सरकारले अनुगमन भने गरेको छैन । बेलाबेलामा हुने अनुगमन पनि प्रभावकारी बन्न सकेको छैन । जसले गर्दा व्यापारीहरुको मनपरी मौलाइरहेको छ ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्