Techie IT
  • २९ असोज २०८१, मंगलबार
KhojPatrika

नेकपा पार्टी र चुनाव चिन्ह सूर्यको बिषय अझै टुंगो लाग्न सकेन,आयोगलाई टुंगो लगाउन नै हम्मेहम्मे


काठमाडौं । निर्वाचन आयोग बैशाख १७ र २७ गते निर्वाचन गर्ने भन्दै बिभिन्न छलफल र परामर्श गरिरहेको छ । तर, सत्तारुढ दल नेकपाभित्रको विवाद टुंगो लगाउने मुख्य जिम्मेवारी पाएको निर्वाचन आयोग भने विवादको बिषयलाई आलटाल गरिरहेको छ । नेकपाको विभाजित प्रचण्ड माधव समुह र ओली समुह पार्टीको नाम र सुर्य चिन्ह आ–आफनो भएको दाबी गरिरहेका छन् । तर,दलको विवाद टुंगो नलाग्दै कसरी निर्वाचनको तयारी हुन्छ भन्ने प्रश्न उब्जिएको छ । पुष ५ गतेको प्रतिनिधिसभा बिघटनपछि नेकपाकै प्रचण्ड माधव समुह आफू नै आधिकारिक नेकपा भएको भन्दै निर्वाचन आयोग पुग्यो ।

प्रचण्ड माधव समुहको दाबी आफुसँग बहुमत सदस्य भएकोले आफुले नै आधिकारिकता पाउनुपर्ने भन्ने छ । अर्को समुह नेकपा कै ओली समुहले केन्द्रिय समितीलाई बढाएर आफ्नो बहुमत छ भन्दै निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पछि हटेका छैन्न । दुवै समुहबाट दाबी पेश भएपछि निर्वाचन आयोगले करिव एक महिना लगाएर पहिलेको नेकपा नै आधिकारिक भएको र पछि गरेका निर्णयलाई नमान्ने गरी सन्तुलित निर्णय गर्यो । जसको भनाई हुन्छ ओली र प्रचण्ड नै भएको नेकपा ।

माघ ११ गतेको आयोगको निर्णयपछि माघ २० गते प्रचण्ड नेपाल समुह फेरी निर्वाचन आयोग पुगेर दलसम्बन्धी नियमावलीको अर्को दफा अर्थात दफा ४४ प्रयोग गर्दै आफ्नो आधिकारिकता खोज्यो । तर, निर्वाचन आयोगले यो सम्बन्धी कुनै निर्णय गरेको छैन । नेकपाको विवाद कायमै रहदा निर्वाचन मिति घोषणा भइसकेको अवस्था छ । अर्कातिर ठूलो दल विभाजन भएपछि त्यसको प्रत्यक्ष अप्रत्यक्ष सम्भावित दवाव प्रभावमा आयोग पर्ने हो कि भन्ने शंका बढ्दै गएको छ । तर, निर्वाचन आयो भने आफुहरुलाई अहिलेसम्म कुनै पनि किसिमको दबाब नआएको दाबी गरिरहेको छ । निर्वाचन आउन करिव ७० दिन बाँकी हुँदा समेत आयोगले दलसम्बन्धी विवादलाई सुल्झाएको छैन् ।

अझै पनि विवाद चुनाव चिन्ह र नाममा केन्द्रित छ । नेकपा कलहसँगै आयोगले नियमावली परिवर्तनतिर जान्छ वा त्यो विषय थाँती राख्दै दुवै पक्षलाई नयाँ दल र चिन्हका निम्ति आह्वान गर्छ भन्ने अन्यौल छ । नेकपा विवाद समाधानका लागि चौतर्फी दबाब र नजिकिँदै गएको निर्वाचनका लागि समय अभाव भएपछि छिट्टै नै नेकपा विवाद निरुपण गर्ने निष्कर्षमा निर्वाचन आयोग छ । प्रमुख आयुक्त र आयुक्तहरुले नेकपाको आधिकारिता टुंगो लगाउने गरी तीव्र छलफल गरिरहेका छन् । तर, नेकपा विवादको यति लामो समय हुदाँ समेत आयोगले निर्णय लिन नसक्दा नेकपाको विवादले निर्वाचन नै प्रभावित पार्छ कि भन्ने आशंका उब्जाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चुनाव चिन्ह सूर्य, #निर्वाचन आयोग

तपाईको कमेन्ट लेख्नुहोस्