Techie IT
  • ४ फागुन २०८१, आईतबार
KhojPatrika

अपहेलना मुद्धामा लिखित जवाफ सहित प्रधानमन्त्री ओली पुगे सर्बोच्च,अव लिखित जवाफ दिने पालो प्रचण्डको


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेर अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिएका छन् । जवाफमा ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै न्याय सम्पादनका क्रममा हुने काम कारबाहीमा कुनै अवरोध नगरेको स्पष्ट पारेका छन् । ओलीले अदालतबाट भएका फैसला तथा आदेशको आफू र आफू नेतृत्वको सरकारबाट सदैव पालना र कार्यान्वयन भएको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरिरहेका वकिलहरूलाई अपमान नगरेको पनि लिखित जवाफ मार्फत प्रस्ट पारेका छन् ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्वप्रधानन्यायाधाीश तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेश अनुसार प्रधानमन्त्री लिखित जवाफ लिएर बिहिवार आफैं अदालतकम उपस्थित भएका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ भनेको तथा बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । ओलीले जवाफमा लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नु समेत दुराग्रहपूर्ण भएको बताएका छन् ।

मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिएको भन्ने रिट निवेदकको दाबी निराधार भएको प्रधानमन्त्री ओलीकोे भनाई छ । उनले आफ्नो लिखित जवाफमा हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाइ, बंग्याइ अदालतको अवहेलनाको मुद्दा हालेको भन्दै यो आपत्तिजनक भएको बताएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री स्वयं उपस्थित भएर अदालतप्रतिको आफ्नो उच्च सम्मानलाई प्रस्तुत गरेका बताए । प्रधानमन्त्री आफै सर्वोच्च अदालतमा उपस्थित भएर जवाफ दिनुले अदालतले सकारात्मकरुपमा लिएको अधिवक्ता कीर्तिनाथ शर्माले बताए ।

प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दामा गत माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । त्यसैगरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई समेत अदालतको अवहेलना गरेको भनी लिखित जवाफ पेश गर्न शशरीर उपस्थित हुन भनीए पनि दाहाल अहिलेसम्म सर्वोच्च गएका छैनन् । प्रधानमन्त्रीसँगै पूर्व ४ प्रधानन्यायधिश भने लिखित जवाफ पेश गरिसकेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली पुगे सर्बोच्च

तपाईको कमेन्ट लेख्नुहोस्