Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

सधैं बन्द हड्ताल र चक्काजामको खेल,कसलाई असर पार्यो आमहड्तालले ?


काठमाडौं । राणा शासनको विरोधदेखि सुरु भएको नेपालको राजनीतिक प्रणाली सात दशक पुग्दा पनि उस्तै । नेपाल बन्दको घोषणा गर्न, टायर बाल्ने, क्याम्पस तोडफोड गर्ने उही पूरानै शैलीमा वृद्ध नेतादेखि युवा नेतासम्मको पूरानै रवाफ । नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी, राप्रपा जुन पार्टी भएपनि सार्वजनिक सम्पति तोड्फोड्, सडक कब्जा, टायर बाल्ने, मसाल जुलुसकै साहारा कहिलेदेखि कहिलेसम्म चल्ने हो अझैं अतोपत्तो छैन् । सबै दल उस्तै, सबैको पहिलो रोजाई नै सडक । गाडी, पसल र उद्योग बन्दै गर्नुपर्ने । बाहना भने जनताका लागि रे ।

अझ सडकमा जनता उतारेर तिनै ज्याला मजदुरी गर्ने जनतामाथी नै असर पुर्याउनु पर्ने । केही बर्षदेखि नेपाल बन्द हुन पाएको थिएन । तर, बिहिबार फेरि आमहड्ताल । उही साँझ र बिहानको छाक के खाने भन्ने पिडामा रहेका जनतालाई फेरि सास्ती । सबैले भन्ने गर्छन् यो हाम्रो बाध्यता हो । नेकपा प्रचण्ड माधव समूहल्े गर्ने आमहड्ताललाई पनि बाध्यता नै भनेको छ । हुनत, सडकमा हुने आन्दोलनको असर शासकलाई पर्दैन । असर पर्छ त केवल गरिखाने वर्गलाई । गरिखाने जनताले दुख पाए, जनताको समस्याले पूर्वप्रधानमन्त्री समेत रहेका शिर्ष नेताहरुलाई खासै प्रभाव पारेन । अझ जसका लागि सभा गरिएको हो उसलाई त झनै छुदै छुएन ।

आम हड्तालमा सहभागि हुन शिर्ष नेताहरुलाई गाडी नै चाहिने तर, जनताका छोराछोरीले सार्वजनिक सवारी सधान नै चढ्न नपाउने के यसैका लागि हो त गणत्नत्र ल्याएको । प्रधानमन्त्री केपी शर्मा ओलीलाई न त आमहड्ताले असर पार्छ न त बिरोध सभाले । आन्दोलन आफ्नो ठाउँमा जायज होला तर, त्यसो भन्दैमा सडकनै बन्द गरेर जनतालाई कष्ट दिएर उहीँ नेतालाई मात्र सहज बनाउने राजनीतिक प्रणाली देखेर जनता वाक्क दिक्क भएका छन् । ब्यवस्था फेरियो, नेता फेरिए, कुर्सी र पदमा हरेक नेताबीच उस्तै हानाथाप रहेकै छ । कोही सडक नै कब्जा गर्दै सरकारको समर्थनमा मोटरसाइकल र्याली निकालिरहेका छन् ।

कोही आम हड्तालको घोषणा गर्दै संबैधानिक निकायमा पदाधिकारीले पद तथा गोपनियताको सपथ बदरको माग गर्दै । अनि आन्दोलन तथा जनमतबाट सत्तामा नेतालाई स्थापित गराउने जनताका कथा व्यथा र सास्ती उस्तै । विरोधका नयाँ शैली अपनाएर दबाव दिने र जनताको जनजीवनलाई सकस हुन नदिने बारे अब भने ढिला नगरि सबै राजनीति दलले सोच्नुपर्छ । राजनीतिक उद्देश्य प्राप्तिका लागि गरिने सडक प्रदर्शनको शिकार निर्दोष जनतालाई कहिलेसम्म ?

संविधान जारीपछि अव त जनताका अधिकार समेटिए आन्दोलन हुदैन, टायर बालिदैन, मसाल जुलुस देख्न पाइदैन भन्ने कुरा सव फगतका गफ मात्रै बने । सामान्य जनतालाई देशमा शान्ति, स्थिरता, विकास र स्वतन्त्रताको अपेक्षा हुनु स्वभाविक हो । राजनीति दल र तिनका नेताहरुको निहीत सत्ता स्वार्थ पुरा गर्न कुनै व्यवस्था वा वादसँग सम्वन्ध नराख्ने जनतालाई प्रयोग गर्ने फोहोरी खेल रोक्न दुईचार सय पैसा र एक दुई छाक भातको प्रलोभनमा पर्ने तपाई हामी जस्ता जनता पनि सुध्रिने कि ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राजनीतिक प्रणाली, #राणा शासनको विरोध

तपाईको कमेन्ट लेख्नुहोस्