परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जय शंकरबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । भेट नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको हो । भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोपका विषयमा छलफल भएको छ । दुई देशका विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायत सहभागी छन् । ]
ज्ञवाली र जयशंकरबीचको भेटलगत्तै हैदरावाद हाउसमै नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरू हुनेछ । बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेण्डा तय गरेका छन् । एजेण्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली पुगेको थियो । बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा गरिने बताइएको छ ।
नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ । बिहीबार साँझ भारतको विदेशमन्त्रालयले पनि परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा सीमा विवादको विषय छलफल नहुने धारणा सार्वजनिक गरेको थियो ।
आयोगको बैठकलगत्तै मन्त्री ज्ञवाली भारतीय विदेशमन्त्री जयंशकरले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । त्यसपछि दिउँसो ३ बजेर ३० मिनेटमा नयाँदिल्लीस्थित भारत सरकारको थिंक ट्याकं परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीडब्लू) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #एस जय शंकर, #पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली
ताजा खबर
- १रुसी सेनामा २ सय नेपाली रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी,केही युक्रेनको कब्जामा !
- २विराटनगरको मेट्रो न्युरो अस्पतालको गम्भिर लापरवाही, जिउँदो मान्छे मृत घोषणा !
- ३के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !
- ४चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप
- ५एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
तपाईको कमेन्ट लेख्नुहोस्