सत्तारुढ दल नेकपा फुटको संघारमा, प्रधानमन्त्री ओली र दाहाल–नेपाल समूहको छुट्टा–छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेसंगै सत्तारुढ दल नेकपा पनि फुटको संघारमा पुगेको छ । नेकपाको स्थायी कमिटी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने भएपछि नेकपा फुटन थालेको हो । यसका लागि प्रधानमन्त्री ओलीले अहिले आफू निकट नेताहरुको बालुवाटारमा भेला बोलाएर छलफल गरिरहेका छन् ।
प्रचण्ड–नेपाल समूहले दिउँसो संसदीय दल र त्यसपछि स्थायी कमिटी बैठक बोलाएका छन् । भेलामा प्रधानमन्त्री ओलीले अबको परिस्थिती र पार्टीभित्रै बहुमतको प्रयत्न गर्ने नसके अर्को पार्टी बनाएर बैशाख १७ र २७ मा तोकिएको मध्यावधि चुनावमा जान तयारीको निर्देशन दिने तयारी गरेको बुझिएको छ । यता दाहाल नेपाल समूह अब ‘वारपार’ को तहमा पुगेको छ । उक्त समूहले आजै संसद भवनमा विघटित प्रतिनिधसभा सदस्यहरूको भेला डाकेको छ ।
ओलीइतरका सदस्यहरूलाई डाकिएको उक्त भेलामा विशेषाधिकारमार्फत प्रतिनिधिसभा जगाउनेदेखि लिएर न्यायालयमार्फत र सडकमार्फत ओलीसँग लड्ने योजना बनाउने तयारी गरेको छ । सोही भेलामा मंगलबार डाकिएको ‘आकस्मिक’ केन्द्रीय कमिटी बैठकको तयारीबारे समेत छलफल हुनेछ ।
योबीचमा पूर्वएमाले र पूर्वमाओवादीका केही नेताले पनि कित्ता फेरका छन् । तत्कालिन माओवादीका नेता रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट ओली कित्तामा पुगेका छन् । आइतबारको घटनाक्रमपछि दाहाल नेपाल समूहको प्रतिनिधित्व गर्ने थापा र भट्टबाहेक सात मन्त्रीले राजीनामा दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ओली र दाहाल–नेपाल
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्