सत्तारुढ दल नेकपा फुटको संघारमा, प्रधानमन्त्री ओली र दाहाल–नेपाल समूहको छुट्टा–छुट्टै भेला
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेसंगै सत्तारुढ दल नेकपा पनि फुटको संघारमा पुगेको छ । नेकपाको स्थायी कमिटी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने भएपछि नेकपा फुटन थालेको हो । यसका लागि प्रधानमन्त्री ओलीले अहिले आफू निकट नेताहरुको बालुवाटारमा भेला बोलाएर छलफल गरिरहेका छन् ।
प्रचण्ड–नेपाल समूहले दिउँसो संसदीय दल र त्यसपछि स्थायी कमिटी बैठक बोलाएका छन् । भेलामा प्रधानमन्त्री ओलीले अबको परिस्थिती र पार्टीभित्रै बहुमतको प्रयत्न गर्ने नसके अर्को पार्टी बनाएर बैशाख १७ र २७ मा तोकिएको मध्यावधि चुनावमा जान तयारीको निर्देशन दिने तयारी गरेको बुझिएको छ । यता दाहाल नेपाल समूह अब ‘वारपार’ को तहमा पुगेको छ । उक्त समूहले आजै संसद भवनमा विघटित प्रतिनिधसभा सदस्यहरूको भेला डाकेको छ ।
ओलीइतरका सदस्यहरूलाई डाकिएको उक्त भेलामा विशेषाधिकारमार्फत प्रतिनिधिसभा जगाउनेदेखि लिएर न्यायालयमार्फत र सडकमार्फत ओलीसँग लड्ने योजना बनाउने तयारी गरेको छ । सोही भेलामा मंगलबार डाकिएको ‘आकस्मिक’ केन्द्रीय कमिटी बैठकको तयारीबारे समेत छलफल हुनेछ ।
योबीचमा पूर्वएमाले र पूर्वमाओवादीका केही नेताले पनि कित्ता फेरका छन् । तत्कालिन माओवादीका नेता रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट ओली कित्तामा पुगेका छन् । आइतबारको घटनाक्रमपछि दाहाल नेपाल समूहको प्रतिनिधित्व गर्ने थापा र भट्टबाहेक सात मन्त्रीले राजीनामा दिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ओली र दाहाल–नेपाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्