नेकपाको विवाद अव केन्द्रीय कमिटिमा, अध्यक्षद्धय जुट्लान की फुट्लान ?
काठमाडौं । नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको लचकताका कारण पार्टीभित्रको विवाद अव केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ । संबैधानिक परिषद सम्बन्धि अध्यादेश फिर्ता र संसदको बिशेष अधिबेशन बोलाउन गरिएको हस्ताक्षर पनि नबुझाउने अध्यक्षद्धयको सहमतिपछि नेकपामा बल्झिएको विवाद केही मत्थर भएको छ । अव अध्यक्षद्धय ओली र दाहालले ल्याएका दुबै प्रतिबेदन स्थायी र केन्द्रीय कमिटि बैठकमा छलफल हुने भएका छन् ।
नेकपामा विवाद आगो झै सल्किरहेका बेला प्रधानमन्त्री ओलीको मंगलबार दोस्रो प्रयास थियो, अध्यादेशमार्फत संवैधानिक परिषदमा नियुक्ति प्रयास । तर, ओलीको दोस्रो प्रयास पनि बैशाख ८ गतेको जस्तै पार्टीभित्र र बाहिरको चर्को आलोचनापछि २४ घण्टा बित्न नपाउँदै पछि ह्टनु पर्यो । बुधबार दिउँसोसम्म अध्यादेश ल्याएका प्रधानमन्त्री ओली र संसदको बिशेष अधिबेशन बोलाउन हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुगेका अध्यक्ष दाहाल र नेपाल खेमाका नेताहरुको दौडधुप निक्कै चल्यो । तर, बालुवाटारमा छलफलमा जुटेका ओली दाहालबीचको सहमतिले नेकपा दुर्घटनाबाट बचेको छ ।
ओली अध्यादेश फिर्ता लिन मात्रै तयार भएका छैनन् विवाद स्थायी कमिटि र केन्द्रीय कमिटि बैठकमा समेत छलफल गर्न राजी भएका छन् । दाहाल–नेपालले पनि राष्ट्रपतिलाई बुझाउन लिएको हस्ताक्षर समेत फिर्ता ल्याएका छन् । सोही सहमतिका आधारमा बैठकमै नआउने घुर्की देखाएका प्रधानमन्त्री ओली स्थायी कमिटि बैठकमा सहभागि भए । कार्यकारी अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीका कार्यशैलीप्रति टिप्पणी गर्दै १९ पृष्ठको प्रस्ताव ३ मंसिरको सचिवाय बैठकमा पेश गरेका थिए । त्यसलाई ‘लाञ्छनापत्र’ भनेर टिप्पणीमात्रै गरेनन्, ३८ पृष्ठको जवाफी प्रस्ताव १३ मंसिरमा पेश गरेर ओलीले अझै फिर्ता हुनुपर्ने अडान राखिरहेका छन् ।
यतिबेला नेकपाको स्थायी कमिटी बैठकमा ओली र दाहालले पेश गरेका पाँचवटा पत्र छन् । कुनै पनि पत्र फिर्ता नहुने र सो पत्र अर्थात् प्रतिबेदन अव स्थायी कमिटि हुँदै केन्द्रीय कमिटि बैठकमा समेत छलफल हुने बरिष्ठ नेता झलनाथ खनालको दाबी छ । प्रधानमन्त्री ओली भने पेश भएका पत्रहरु फिर्ता लिनुपर्ने अडान राख्दै आएका थिए । तर, बुधबारको सहमतिमा पत्र फिर्ता लिने कुनै निर्णय भएको छैन् । अव स्थायी कमिटि बैठक ५ गते बोलाइएको छ भने १० गते केन्द्रीय समिति बैठक बोलाइएको छ । नेकपामा पूराना विवाद सामाधान नहुँदै देखिने नयाँ नयाँ विवादित बिषयले झनै तरंग पैदा गरिरहेको छ ।
केन्द्र हुँदै जिल्लासम्म पुगेको नेकपा विवाद अव स्थायी कमिटि र केन्द्रीय कमिटि बैठकसम्म छलफल गर्नुपर्ने नेताहरुको माग छ । नेकपामा विवाद समाधान भन्दा पनि प्रधानमन्त्री ओली विवाद बल्झाउनै प्रयत्न गरेको देखिन्छ । सचिवालय, स्थायी कमिटिमा समेत अल्पमतमा परेका प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाहविनै निर्णय गरिरहेका छन् । जसका कारण बस्ने स्थायी कमिटि र केन्द्रीय कमिटि बैठकमा ओलीले आफनो बचाउ कसरी गर्छन् र दाहाल नेपाल खेमा कसरी प्रस्तुत हुन्छन् त्यसैले विवाद समाधानको निक्यौल गर्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १विस्तृत शान्ति सम्झौताको १८ वर्षः युद्ध गर्ने नेताको जीवनशैली फेरियो, पीडितका दुख भने उस्तै
- २बालुवाटारमा ओली-देउवासहित कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा
- ३प्रधानमन्त्री, मन्त्री र जनप्रतिनिधिले अनुमति नलिइ उपनिर्वाचनको प्रचारमा हिँड्न नपाउने
- ४मेडिकल व्यवसायी दुर्गा प्रसाईं दोस्रो पटक पक्राउ, प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक सामग्री प्रचार गरेको आरोप
- ५हिरासतमा रहेका रवि लामिछानेको बोलीले प्रहरी तनावमा,मौका पाउने बित्तिकै सरकारलाई गाली !
तपाईको कमेन्ट लेख्नुहोस्