९ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर, विशेष पूजा र भजन भने अझै नहुने
काठमाडौं । कोरोना महामारिसँगै करिब ९ महिना बन्द रहेको पशुपतिनाथ मन्दिर खुला भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न लकडाउन घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नियमित पूजाका लागि खोलिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र भक्तजनले पशुपतिको दर्शन गर्न पाउनेछन् । अनिवार्यरुपमा मास्क लगाउनुपर्नेछ भने दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
भक्तजनलाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गराई दर्शनपछि सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने कोरोनाको जोखिम कम भएपछि अर्थात केही समयपछि मात्रै खुला हुने पशुपति विकास कोषले जानकारी दिएको छ ।
पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिएको छ । मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमापूजा गरेकी थिइन् । क्षमापूजामा पशुपति क्षेत्र विकास कोषले सवा लाख दीप प्रज्वलन गरेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पशुपतिनाथ मन्दिर
ताजा खबर
- १जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ७६ हजारको करिब ४६ अर्ब फिर्ता गर्न बाँकी
- २अध्यादेशको काम फत्ते भएपछि संसद बैठक बोलाउन सरकार तयार
- ३बालेन सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी
- ४सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन
- ५कांग्रेसका पाँच भातृसंगठनका कार्यसमितिहरू स्वतः विघटन



तपाईको कमेन्ट लेख्नुहोस्