Techie IT
  • २९ असोज २०८१, मंगलबार
KhojPatrika

५ हजार कोरोना परिक्षण गर्दा ८ सय ३० जनामा संक्रमण


काठमाडौं । आइतबार ५ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ । सोही अनुसार संक्रमितको संख्यामा पनी कम्ी आएको छ । परिक्षणमा गिरावट आए सर्गै संक्रमितको संख्या पनि घटेको हो । पछिल्लो २४ घण्टामा देशभर ८ सय ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार भेटिएका संक्रसिमतमा ३ सय ३० जना महिला र ५ सय जना पुरुषमा कोरोना संक्रमण पुष्टिभएको छ । संक्रमित मध्ये काठमाडौ उपत्यकामा १ सय ५० जना महिला र १ सय ९८ जना पुरुष सहित थप ३ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौमा २ सय ५८ भक्तापुरमा २५ र ललितपुरमा ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । यसैगरी गत २४ घण्टामा १ हजार ५ सय संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ । कोरोनासक्रमण मुक्त हुने दर ९४.८९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पनि कोरोना विरुदको खोप ल्याउने तयारी भैरहेको जनाएको छ । मन्त्रालयका अनुसार २८ प्रतिशत जनता अर्थात १४ बर्ष मुनीका बालबालीका का लागि खोप लगाउन नपर्ने र बाकी रहेका ७२ प्रतिशत नागरिका लागि खोप ल्याउनमा सरकार लागि परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा १० हजार ९ सय ४ सक्रिय कोरोना संक्रमित रहेका छन् ।

संक्रमित मध्ये ६ हजार २ सय ३२ जना होमआइसोलेसनमा रहेका छन् भने बाकी रहेका संक्रमितको संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् । संक्रमित मध्ये २ सय ९४ जना आइसियु र ५२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सम्म १८ लाख ३१ हजार ४१ जनाको परिक्षण भएको छ । देशभरका क्वारेन्टिनमा ५ सय १६ जना रहेका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #पिसिआर परीक्षण

तपाईको कमेन्ट लेख्नुहोस्