प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका हुन् । पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको बताइएको हो।
सर्वदलीय बैठकमा कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ। यस्तै पछिल्लो समय देशका विभिन्न स्थानमा राजावादी समूहले प्रदर्शन गर्दै आएको विषयमा पनि छलफल हुने बताइएको छ।
यसअघि ३१ वैशाखमा भारतले लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर आवश्यक छलफल गरेका थिए । नेकपामा बिवाद चर्किरहेको बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्