पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १ हजार ६ सय ९० जना पुरुष र २ हजार ८ सय ९ जना पुरुष कोरोना संक्रमित भएका छन् । सबैभन्दा बागमती प्रदेशमा ३ हजार २ सय २५ जना संक्रमित थपिएका हुन् । परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालाबाट गरिएको १६ हजार ८ सय ६३ जनाको पिसिआर परिक्षण गर्दा काठमाडौ उपत्यकामा मात्रै २ हजार ७ सय २० संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३ सय ५७ , ललितपुरमा २ सय ३६ र भक्तपुरमा १ सय २७ जनालाई कोरोना संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा संक्रमितको संख्या ५४ हजार २ सय ४५ पुगेको छ । जसमध्ये १ सय ८६ संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा २० हजार १ सय ९६ संक्रमित निको भएका छन। त्यसैगरी, भक्तपुरमा हालसम्म ५ हजार ४८ संक्रमित पुगेका छन। ५४ जनाका संक्रमितको मृत्यु भएको छ भने हालसम्म १ हजार ३ सय ६५ जना संक्रमित निको भएका छन् । ललितपुरमा मा संक्रमितको संख्या ७ हजार ५ सय ६० पुगेको छ । ललितपुरमा हालसम्म ५३ संक्रमितको मृत्यु भएको छ भने २ हजार ५ सय ७४ जना संक्रमित निको भएका छन् ।
हालसम्म ०.५ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार थपिएका संक्रमित सगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये देशभर ८ सय २९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १७ संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६ सय ६८ जना कोरोना निको हुनुभएको छ । यो सँगै कोरोना संक्रमण पश्चात निको हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको छ । नेपालमा निको हुने दर ६८.९ प्रतिशत रहेको छ ।
शुक्रबार देशभर संक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ रहेको छ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् ।
मन्त्रालयको तथ्यांक अनुसार ६९ जना भेन्टिलेटरमा र २ सय ९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ७४ जना आइसियु र ४७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आइसियु र ८ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३४ जना आइसियु र ९ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना भाइरस, #कोरोना संक्रमितको मृत्यु
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्