कोरोनाको परिक्षण र उपचार गर्न कसरी पहिचान गर्ने गरिव,बिपन्न र असाहय

काठमाडौं । सरकारले गरिव विपन्न तथा असाहयलाई कोरोना भाइरस परिक्षण र संक्रमित भए उपचार निःशुल्क गर्ने निर्णय गर्यो । तर, को गरिव,बिपन्न र असाहय भन्ने सरकारी संयन्त्रसँग कुनै तथ्याङक र मापदण्ड नै छैन् । गरिब–विपन्नको पहिचान गर्ने वैज्ञानिक मापदण्ड र परिचयपत्र समेत नहुँदा सरकारी यो निर्णय उही पहुँचवाला र हुनेखानेले नै पाउनेमा दुई मत छैन् । नेपालमा १८ दशमलव ७ प्रतिशत जनसंख्या गरिवीको रेखामुनी भएको तथ्याङक कार्तिक १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे ।
कार्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परिक्षण र उपचार गरिव,बिपन्न तथा असाहयले मात्रै निशुल्क पाउने निर्णय गुर्यो । यो निर्णयलाई लिएर यतिबेला सरकारको तिब्र आलोचना भइरहेको छ । तर, सरकारसँग गरिवी,बिपन्न र असाहयको मापदण्ड नै छैन् । गरिब पहिचान गर्न सरकारले तयारी नै नगरेको अवस्थामा कोरोना परिक्षण र उपचारक निशुल्क मापदण्ड के हो त्यो समेत जानकारीमा छैन् । साँझ र बिहाको छाक टार्न समेत धौ धौ भएका जनतालाई सरकारले उपचार आफै गर्नुपर्छ भन्दा सरकारमाथि नै प्रश्न उठेको छ । सरकारले गरिब घरधुरी पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम पनि पूर्ण हुन सकेको छैन ।
२०७० सालमा गरिब घरधुरी पहिचान तथा परिचयपत्र वितरण बोर्डले २६ जिल्लामा घरधुरी सर्भेक्षण गरी ३ लाख ९१ हजार ८ सय ३१ घरधुरीलाई गरिब परिचयपत्र वितरण गर्न सिफारिस गरेको थियो । सिफारिस सूचीमा गैर गरिब पनि परेको गुनासो आएपछि यो कार्यक्रम रोकियो । पहिलो चरणको सर्भेक्षणको सिफारिसअनुसार २०७४ देखि गरिब परिचयपत्र वितरण सुरु गरिएकोमा हालसम्म सीमित जिल्लामा मात्र यसको काम भएको छ ।
गत आर्थिक वर्ष थप २३ जिल्लामा भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय नेतृत्वमा सर्भेक्षण गरिएको थियो । अहिलेको समयमा गरिब पहिचानको लागि १८ वटा विभिन्न बुदाँमा काम भइरहेको छ । संकटका बेला नयाँ प्रणाली विकास गर्न कठिन हुन्छ तर समयमै आवश्यक तयारी तथा लगानी गरेको भए, यो अवस्था आउने थिएन । गरिब–विपन्नको पहिचान गर्ने वैज्ञानिक मापदण्ड र परिचयपत्र समेत नहुँदा सरकारी यो निर्णय उही पहुँचवाला र हुनेखानेले नै पाउनेमा दुई मत छैन् ।
क्याटेगोरी :
जनगुनासो,
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
राजनीति,
समाचार
ट्याग : #कोरोनाको परिक्षण र उपचार गर्न कसरी पहिचान गर्ने गरिव, #बिपन्न र असाहय
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्