एकैदिन थपिए ४ हजार ३ सय ९२ संक्रमित, २१ जनाको मृत्यु
काठमाडौं । पछिल्ले २४ घण्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । १६ हजार ५ सय ३१ जनाको पिसिआर परिक्षण हुदा काठमाडौ उपत्यकामा मात्रै २ हजार ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौमा १ हजार ७ सय ८४ भतmपुरमा २ सय ४४ र ललितपुरमा ३ सय ७४ जना नया संक्रमित भेटिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेको छ ।
बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यसैबीच आज २४ घण्टामा ३ हजार ५ सय २२ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरानामुक्त भएकासँगै निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको असोज २९ गतेको सचिवस्तरीय बैठकले कोभिड १९ बिरामीहरुका उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै गरी यस्तो निर्णय गरिएको बताए । मन्त्रालयले गाउँ–छिमेकमा कोही नयाँ व्यक्तिहरु देखिएमा उनीहरुलाई ७ दिन क्वारेन्टिनमा बसाउँन सहयोग गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले छर–छिमेकमा नचिनेका व्यक्तिहरु देखिए अनिवार्य क्वारेन्टिनमा बसाउन सहयोग गर्न आग्रह गर्नुभएको हो । प्रवतmा गौतमले संक्रमित तथा होम आइसोलेसनमा रहेकाहरु जथाभावी घरबाट निस्किरहेको पाइएकाले यदि संक्रमित घरबाट निस्किए नजिकैको सुरक्षा कार्यालयमा खवर गर्न उहाँले अनुरोध गर्नुभयो । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३ सय ३६ र होम आइसोलेशनमा २५ हजार ४६ जना रहेका छन् । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण पुष्टि
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्