Techie IT
  • ११ वैशाख २०८२, बिहीबार
KhojPatrika

कर्णाली प्रदेशको नेकपामा भाँडभैलो, सचेतक हटाउने र नियुक्त गर्ने खेल सुरु


काठमाडौं । नेकपा कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकबाट बर्खास्त गरेका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहीले सोमबार नै प्रमुख सचेतकको जिम्मेवारी प्रदेश सांसद सीता नेपालीलाई दिएका छन् ।यसअघि नेपाली नै सचेतक थिइन् । शाहलाई हटाएर नेपालीलाई जिम्मेवारी दिइएको जानकारी पार्टी प्रदेश कमिटी र प्रदेश सभा सचिवालयलाई समेत जानकारी दिइएको छ । आइतबारमात्रै नेकपाका १८ जना सांसद दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरएका थिए ।

दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रमुख सचेतक शाहले मंगलबारका लागि दलको बैठक बोलाएका थिए । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम नेपालीलाई प्रदेश सभाको प्रमुख सचेतकमा नियुक्त गरेको उल्लेख गरेका छन् ।


क्याटेगोरी : जनप्रतिनिधि, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा कर्णाली प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं