२ हजार ७१ संक्रमित थपिदा एकैदिन कोरोनाबाट २२ जनाको मृत्यु
	
				
			काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ७१ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ । सक्रिय संक्रमितमध्ये १७ हजार ६ सय ६६ जना होम आइसोलेसनमा छन् भने बाँकी १३ हजार ६ सय ४९ जना देशका बिभिन्न कोरोना अस्पतालमा भर्ना भएका छन् ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या ७५ हजार ८ सय ४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ ।
आइतबार साँझसम्म संक्रमित मध्ये ३ सय २९ जना आइसीयूमा र ७५ जान भेन्टिलेटरमा उपचाररत रहेका छन् । शहर र घनावस्तीमा कोरोना संक्रमण तिब्र भएकाले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गर्न गराउन स्वास्थ्य मन्त्रालयले सबैलाई अपिल गरेको छ । चाडपर्वको समयमा हुने ओहोरदोहोरले कोरोना संक्रमण थप विस्तार हुनेतर्फ सचेत गराउँदै सरकारले यथास्थानमा बसेर पर्व मनाउन आह्वान गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
 - २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
 - ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
 - ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
 - ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल
 

				
				
				
				
				
				

तपाईको कमेन्ट लेख्नुहोस्