ह्वात्तै बढ्यो कोरोना संक्रमण,एकैदिन ४ हजार ३६४ जनामा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च कोरोना संक्रमण देखिएको छ । बिहिबार मात्रै ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म ११ लाख ३१ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको छ । थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै एकैदिन २ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै देशमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ। जसमध्ये ११ हजार ७ सय १७ जना संस्थागत आइसोलेसनमा र १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा छन्। ४ हजार ४६० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
एकैदिन २ हजार ६ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित हालसम्म ७१ हजार ३ सय ४३ जना ब्यक्ती कोरोनामुक्त भइसकेका छन्। पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #सक्रिय संक्रमित
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्