विपदका घटनामा परेर बैशाखयता ४ सय २ जनाको मृत्यु

काठमाडौं । बैशाख १ गतेदेखि असोज १४ गतेसम्म विभिन्न विपदका घटनामा परेर ४ सय २ जनाको मृत्यु भएको छ । साढे ५ महिनाको अवधिमा बाढी, पहिरो र चट्याङ लागेर त्यति धेरै जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विपदमा परेर अहिलेसम्म ४ सय ३९ जना घाइते भएका छन् भने १ सय १ जना बेपत्ता भएका छन् । पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय २५ बेपत्ता हुनेहरुको संख्या ६४ र घाइते हुनेहरुको संख्या २२३ रहेको छ ।
त्यस्तै, बाढीमा परेर मृत्यु हुनेहरुको संख्या ४२, घाइतेको संख्या ११ र बेपत्ता हुनेहरुको संख्या ३७ रहेको छ भने चट्याङ लागेर मृत्यु हुनेहरुको संख्या ६५ जना रहेको छ । चट्याङ लागेर २०५ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार गत २४ घण्टामा देशभर ९ वटा विपदका घटना भएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बाढी, #विपदका घटना
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्