विपदका घटनामा परेर बैशाखयता ४ सय २ जनाको मृत्यु
काठमाडौं । बैशाख १ गतेदेखि असोज १४ गतेसम्म विभिन्न विपदका घटनामा परेर ४ सय २ जनाको मृत्यु भएको छ । साढे ५ महिनाको अवधिमा बाढी, पहिरो र चट्याङ लागेर त्यति धेरै जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
विपदमा परेर अहिलेसम्म ४ सय ३९ जना घाइते भएका छन् भने १ सय १ जना बेपत्ता भएका छन् । पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय २५ बेपत्ता हुनेहरुको संख्या ६४ र घाइते हुनेहरुको संख्या २२३ रहेको छ ।
त्यस्तै, बाढीमा परेर मृत्यु हुनेहरुको संख्या ४२, घाइतेको संख्या ११ र बेपत्ता हुनेहरुको संख्या ३७ रहेको छ भने चट्याङ लागेर मृत्यु हुनेहरुको संख्या ६५ जना रहेको छ । चट्याङ लागेर २०५ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार गत २४ घण्टामा देशभर ९ वटा विपदका घटना भएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बाढी, #विपदका घटना
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्