एक जनालाई तीन किलो प्याज, मुल्य ६० रुपैयाँ
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण थालेको छ । लिमिटेडले थापाथली बिक्री कक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री सुरु गरेको जानकारी दिएको हो । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार थापाथली बिक्री कक्षबाट बजार अनुगमनका क्रममा बरामद गरिएको १४ हजार ६ सय किलो प्याज सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँमा उपलब्ध गराइनेछ ।
एक जनाले यहाँबाट तीन किलोसम्म प्याज गरिद गर्न पाउनेछन् । प्याज विक्रि वापतको ५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ । काठमाण्डौ उपत्यकामा प्याजको मूल्य १ सय २० सम्म पुगेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन गरेर कालोबजारी गर्नेहरुमाथी कारबाहीको थालनी गरेका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #खाद्य व्यवस्था तथा व्यापार कम्पनी, #राजस्व
ताजा खबर
- १प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- २आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा
- ३शीतल निवासले सरकार–तीन दल खोल्यो छलफलको ढोका, अब बालुवाटारमा जुट्ने
- ४क्रियाशील सदस्यता वितरणमा समन्वय र सहजीकरण गर्न जिल्ला सभापतिहरूलाई कांग्रेसको निर्देशन
- ५सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं



तपाईको कमेन्ट लेख्नुहोस्