एक जनालाई तीन किलो प्याज, मुल्य ६० रुपैयाँ
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण थालेको छ । लिमिटेडले थापाथली बिक्री कक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री सुरु गरेको जानकारी दिएको हो । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार थापाथली बिक्री कक्षबाट बजार अनुगमनका क्रममा बरामद गरिएको १४ हजार ६ सय किलो प्याज सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँमा उपलब्ध गराइनेछ ।
एक जनाले यहाँबाट तीन किलोसम्म प्याज गरिद गर्न पाउनेछन् । प्याज विक्रि वापतको ५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ । काठमाण्डौ उपत्यकामा प्याजको मूल्य १ सय २० सम्म पुगेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन गरेर कालोबजारी गर्नेहरुमाथी कारबाहीको थालनी गरेका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #खाद्य व्यवस्था तथा व्यापार कम्पनी, #राजस्व
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्