पहिरोमा परी स्याङजामा १० जनाको मृत्यु, पाल्पामा ६ वेपत्ता
काठमाडौं । पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा १० जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् । पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । ७ महिने शिशुको पनि पहिरोमा पुरिएर ज्यान गएको छ । पहिरोमा पुरिएर घाइते भएकी १६ वर्षीया मनिषा नेपालीलाई उपचारका लागि पोखरा ल्याइएको छ ।
बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका–४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवारको मृत्यु भएको थियो । त्यस्तै, पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोले तीन घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहाँको घर पुरिँदा ५ जना बेपत्ता भएका हुन् ।
घरधनी हुमबहादुर, नीजको श्रीमती धनीसरा, छोरी कृष्णा, नातीनीहरु आशिका र खुमिसरा बेपत्ता भएको र वडा नं २ का सुरुङडाँडाका वीरबहादुर गाँहाको घर पहिरोले पुरिँदा उनको श्रीमती २७ वर्षिया मोतीसरा गाहाँ बेपत्ता भएका छन । पहिरोले बेलौजाकै मनबहादुर गाहाको घर पुरिए पनि घरमा रहेका ३ जना भागेर बाच्न सफल भएका थिए ।
सुरुङडाँडाका वीरबहादुर पनि पहिरो आउँदा आउँदै भागेर बच्न सफल भएका थिए । अविरल बर्षाको कारण दुई दिन देखि बन्द भएको सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड पहिरो हटाई एकतर्फि रुपमा सुचारु भएको छ । ग्रामिण सडक अवरुद्ध हुँदा कृषकका उत्पादन दुध, तरकारी सदरमुकाम तानसेन सम्म आउन सकेको छैन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #सिद्धार्थ राजमार्ग, #स्याङ्जाको वालिङ
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्