५८ बर्षपछि भेटियो चीन नेपालको ११ नम्बर सीमा स्तम्भ
काठमाडौं । ५८ बर्षपछि उत्तरी छिमेकी मुलुक चीन र नेपाल बीचको सिमानामा राराखिएको ११ नम्बरको सीमास्तम्भ भेटिएको छ । ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा करिब ५२ सय मिटर उचाइमा भेटिएको हो । यो सीमास्तम्भ ५८ वर्षदेखी हराएको थियो । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीले बुधबार टाकुले लेकको खोचमा हिउँसँगै दबेर बसेको अवस्थामा रहेको सीमा स्तमभ माटो र हिउँ पन्छाएर निकालिएको जानकारी दिए । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले सुरक्षाकर्मी र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खोजबिनले हराएको पिल्लर फेला परेको र अब लामो समयको विवाद अन्त्य हुने विश्वास पलाएको बताए ।
११ नम्बर सीमास्तम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना पटक–पटक विवाद हुने गरेको थियो । प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीको टोली अझै सीमा क्षेत्रबाट फर्किएको छैन । सीमास्तम्भ भेटिएपनि चीनले निर्माण गरेका सीमा क्षेत्रका भवन कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन सकेको छैन । यता, चीनले नेपाली भूमिमा भवनहरु बनाएको समाचार सार्वजनिक भएलगत्तै नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावास दुवैले चीनले नेपाली भूमि अतिक्रमण नगरेको प्रष्टीकरण सहितको विज्ञप्ती जारी गरेका छन् ।
हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ स्थित हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले ९ वटा व्यवसायिक भवन बनाएको बिषयले अहिले नेपाल चीनबीच द्धन्द्ध बढाएको छ । केहीदिन अघि स्थलगत जानकारी लिन हुम्लाका प्रमुख जिल्ला अधिकारी सहितको ३० सदस्यीय टोली लाप्चा क्षेत्रमा पुगेर फर्किएको छ भने चनिया पक्षले आफ्नै भूमीमा संरचना बनाएको दाबी सहित सीमा क्षेत्रमा वार्ता गर्न तयार रहेको बताएको छ । १२ नम्बर पिलरलाई आधार मानेर हेर्दा दुई देशको सिमानाभन्दा एक किलोमिटर यताको नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएको आँकलन गरिएपनि ११ नम्बर पिलर अहिलेसम्म पहिचान गर्न नसकिएकोले बिवादित भूमि कस्को हो एकिन हुन सकेको थिएन ।
चीनिया पक्षले आफ्नो दाबी गरेपनि विभिन्न सञ्चारमाध्यममा चीनले नेपालको भूमिमा भवन बनाएको समाचार आएसँगै केही अभियन्ता तथा युवाहरु नेपालस्थित चिनिया राजदूतावास भवन क्षेत्रमा बुधबार घेराउ समेत गरेका थिए । यसअघि २०६६ सालमा लिमी लाप्चाको सडक निर्माण गर्ने क्रममा सोही स्थानमा तीन वटा भवन निर्माण भएको र चिनियाँ पक्षले रोकेको निर्माण कार्य पुन सुरु गरेर ९ वटा भवन बनाएको पाइएको छ ।
हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ । १२ नम्बर सीमा स्तम्भका आधारमा चीनले बनाएको भवन नेपालतर्फ पर्ने आँकलन गरिएपनि ११ नम्बर सिमा स्तम्भ भेटिएपछि ९ वटा भवन कुन देशको भूभागमा बनाइएको हो त्यो पत्ता लाग्ने बताइएको छ । हाल भवन बनेको क्षेत्रमा विगतको समयमा चिनियाँ र नेपाली पक्षबीच बस्तु विनिमयको व्यापार हुने गरेको पाइएको छ । अहिले सोही क्षेत्र हुँदै लिमीसम्म सडक निर्माण गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चीन र नेपाल, #सीमास्तम्भ, #हुम्लाको नाम्खा
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्