को–को छन् मुख्यसचिवको दौडधुपमा

काठमाडौं । निजामती सेवामा शक्तिशाली र सर्वोच्च पद मानिने मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीनवर्षे कार्यकाल सकिन लागेपछि आधा दर्जनभन्दा बढी सचिवहरू उक्त पद हत्याउन आफु निकट शक्तिकेन्द्र धाउन थालेका छन् । मुख्य सचिब रेग्मीको कार्यकाल आगामी कात्तिक ३ गतेबाट सकिँदै छ । रेग्मी २०७४ कात्तिक ४ मा मुख्यसचिव नियुक्त भएका थिए । वरिष्ठ तीन सचिवहरू रेग्मीलाई सेवानिवृत्त हुनुभन्दा करिब दुई साताअघि नै अन्यत्रै नियुक्त गराएर मुख्य सचिव पद आफ्नो पोल्टामा पार्न राजनीतिक शक्ति केन्द्र धाउन थालिसकेका छन् ।
प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा काम गर्न पाइने भएकाले कर्मचारीतन्त्रमा मुख्य सचिव पद आकर्षक मानिन्छ । निजामती सेवा ऐनको दफा १९ उपदफा २ ‘क’ मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एक जना मुख्यसचिव नियुक्त गरिने व्यवस्था रहेको छ ।
सरकारका ७० सचिव (विशिष्ट श्रेणी) मध्ये वरिष्ठ तीन सचिवमा परराष्ट्रका शंकरदास वैरागी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी अहिले सो पदकालागि चर्को लिविङमा लागेका छन् । मुख्य सचिब रेग्मीले विदा नै नलिई पूरै कार्यकाल पदमा रहेको खण्डमा तीनै जनाको मुख्य सचिव हुने बाटो बन्द हुनेछ । उनीहरू असोज २२ मा पाँचवर्षे सेवा अवधि सकिएर सेवानिवृत्त हुनेछन् । त्यसैले रेग्मीलाई कतै व्यवस्थापन गराएर आफुलाई सो पदमा नियुक्त गर्नकालागि ३ नै जना सचिबहरु शक्तिकेन्द्रमा पुगी लविङ गर्दै आएका छन ।
संवैधानिक आयोग वा अन्य कुनै आकर्षक राजनीतिक नियुक्तिको ग्यारेन्टी भए रेग्मीले कार्यकाल सकिनुअघि नै पद छाड्न सक्ने अनुमान सचिबले गरेका छन् । यसैक्रममा प्रधानमन्त्री केपी ओलीलाई मनाएर मुख्य सचिब रेग्मीलाइए बेलायतको राजदुत बनाई पठाउन समेत सचिबहरुले सुझाब दिएको पाइएको छ । यसअघि तत्कालीन मुख्य सचिव सोमलाल सुवेदीले बीचैमा राजीनामा दिएर अन्यत्र नियुक्ति लिएपछि रोलक्रममै नरहेका राजेन्द्रकिशोर क्षेत्रीले मुख्य सचिव पद हात पारेको नजिर छ ।
राजनीतिक लबिइङकै आधारमा शेरबहादुर देउवा नेतृत्वको सरकारले क्षेत्रीलाई मुख्य सचिव बनाएको थियो । रेग्मीले पदबाट राजीनामा दिए आफूहरू मध्येकालाई मुख्य सचिव बन्न बाटो खुल्ने वैरागी, सापकोटा र अधिकारीको बुझाइ रहेको छ । उनीहरू रेग्मीलाई अन्यत्र व्यवस्थापन गराउनमै केन्द्रित रहेको पाइएको छ । वैरागी र अधिकारी मुख्य सचिव भए दुवैले पूरै कार्यकाल अर्थात् २०८० असोज २२ गतेसम्म काम गर्न पाउनेछन् । त्यो अवस्थामा उनीहरूपछिका मुख्य सचिवका मुख्य दाबेदार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम पनि लाईनमा रहेका छन् । त्यति बेला सबैभन्दा वरिष्ठ सचिवको सूचीमा रहने उनले २०८० फागुन ६ मा अवकाश पाउनेछन् ।
अर्का आकांक्षी सापकोटा मुख्य सचिव भए २०७७ फागुन २५ सम्म मात्रै पदमा रहनेछन् । त्यति बेला उनको ५८ वर्षे सेवाअवधि पूरा हुने भएकाले अनिवार्य अवकाश लिनुपर्नेछ । परराष्ट्र सचिव वैरागी मुख्य सचिवमा सम्भावनाकै कारण सरकारलाई चिढ्याउने पक्षमा भने रहेका छैनन् । मुख्य सचिव बन्नकै लागि उनी न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगलगायतका अवसर छाडेर बसेको समेत बताइएको छ ।
पर्यटन सचिव रहेका अधिकारीले पनि मुख्य सचिवका लागि प्रधानमन्त्री निकटहरूसँग लबिइङ बढाई रहेका छन् । उनी पनि प्रशासन क्षेत्रमा अब्बल मानिन्छन् । वरिष्ठताका आधारमा मुख्य सचिवको दौडमा सूचीमा उद्योग सचिव चन्द्रकुमार घिमिरे पनि लविङमै लागेका छन् । वन तथा वातावरण सचिव विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी पनि सो पदकालागि दौडमा रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #निजामती सेवा, #मुख्यसचिव
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्