९ लाख ३४ हजार पिसिआर परीक्षण गर्दा ६६ हजार ७ सय जनामा कोरोना संक्रमण
काठमाडौं । मंगलबार देशैभर १ हजार ३ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा ६ सय ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना सहित १ हजार ३ सय ५६ जना सहित देशभर १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ७ सय ३२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय २३ जना कोरोना मुक्त भएका छन । योसगंै ४८ हजार १० जना कोरोना मुक्त भएका छन् । योसँगै कुल संक्रमितको ७२ प्रतिशत निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथामका लागि लागु गरेको एसएस अर्थात दुरी कायम गरौ माक्सको प्रयोग गर्न भन्ने जस्ता मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
सार्वजनिक यातायातका साधन सञ्चालन गर्दा व्यवासयीले प्रतिबद्धता गरे बमोजिम मापदण्ड पालना नगरेको भन्दै सचेत गराएको छ । पछिल्लो समय स्वास्थ्य सेवामा खटिएका व्यतिmहरु नै संक्रमित हुदै गएको भन्दै आगामी दिनमा आम जनता माझ स्वास्थ्य सेवा पुर्याउन कठिन हुने स्थिति आउन सक्ने प्रति सम्पूर्ण जिम्मेबार निकायहरु गम्भिर बन्न आग्रह गरेको छ ।
मंगलबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १ सय ९३ र होम आइसोलशेन ८ हजार ९ सय ४९ जना रहेका छन् । आइसियुमा २ सय २३ भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै मंगलबार १ हजार १ सय ५४ जनाको पीसीआर परिक्षण भएको छ भने हालसम्म कुल ९ लाख ३४ हजार ९ सय ७७ जनाको परीक्षण भएको छ । हाल ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #संक्रमितको मृत्यु
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्