काठमाडौं उपत्यकामै ६ सय बढी स्वास्थ्यकर्मी संक्रमित
काठमाडौं । मुलुकभर कोभिड–१९ का संक्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार काठमाडौं उपत्यकामा मात्र ६ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने स्थान, होम आइसोलेसन, क्वारेन्टिन र कन्ट्र्याट ट्रेसिङमा समेत अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी बढी प्रभावित भएको पाइएको छ । सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । अस्पतालका २१ चिकित्सक अधिकांश नर्स सहित १५० जनामा कोरोना संक्रमण देखिएको छ । वीर अस्पतालमा २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका ११५ जनामा कोरोना पहिचान भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा संक्रमण देखिएको छ । अहिले मुलुकभरि ६२ हजार ७९७ जनामा संक्रमण देखिएको छ भने ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । ४०१ जनाको कोरोनाबाट निधन भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #शिक्षण अस्पताल, #स्वास्थ्यकर्मी संक्रमण
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्