Techie IT
  • २५ मंसीर २०८०, सोमबार
KhojPatrika

रानीपोखरीले पायो पुरानै स्वरुपमा पुर्नजीवन


काठमाडौं । भूकम्पका कारण भत्किएर पुर्ननिर्माणका लागि सुकाइएको रानीपोखरी करिब ५ वर्षपछि पुरानै स्वरुपमा फर्किएको छ । मर्मतका लागि पानी सुकाइएर यत्तिकै छाडिएपछि एक समय कुरुप चौरमा परिणत भइसकेको रानीपोखरीलाई फेरि पुरानै स्वरुपमा फर्काइएको हो ।पोखरीको पानी जम्ने सतहसँगै वरिपरि परम्परागत शैलीमा पर्खाल बनाएर दुरुस्त बनाइएपछि तीनदिनदेखी केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले ३ करोड लिटर पानी भरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार करिब ३ करोड लिटर पानी हालेसँगै रानी पोखरी पुरानै स्वरुपमा देखिएको छ । पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर शिखर (ग्रन्थकुट) शैलीमा बनाइएको छ । यो भने हाम्रो पुस्ताले देखेको भन्दा पनि पुरानो अवस्थाको मन्दिर हो । मानन्धरका अनुसार मन्दिरको गजुर हाल्ने काम बाहेक अरु निर्माण सम्पन्न भएको छ । वर्षाको पानी जम्मा हुन थालेपनि रानीपोखरी भरिन सकेको थिएन । यसमा डिप बोरिङ गरेर भर्न खोज्दा सम्पदा अभियान्ताले बिरोध गरेपछि केयूकेयलबाट भरिएको थियो ।

यस्तो थियो पुनर्निर्माणको बिगत
२०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले रानी पोखरी पुनर्निर्माणको शिलान्यास गरिन । काठमाडौं महानगरले जिम्मा लिएपनि लामो समयसम्म निर्माणको काम अलपत्र बन्यो । पोखरीदेखि पर्खालसम्म कंक्रिट प्रयोग भएपछि विवाद थप चुलियो । रानीपोखरीको पुननिर्माणमा कंक्रिट प्रयोग गर्ने अडानले मेयर विद्यासुन्दर शाक्य निक्कै विवादित बने ।

उपमेयर हरिप्रभा खड्की र सम्पदा प्रेमीहरुको निरन्तरको दबाबपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी र पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिए । भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइयो । बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर (ग्रन्थकुट) शैलीमा बनाइएको छ ।

यो हाम्रो पुस्ताले देखेको भन्दापनि प्राचिन अवस्थाको मन्दिर हो ।पानी कसरी भर्ने अन्योलका बीच केयूकेएलले रानीपोखरी भर्ने पानी उपलब्ध गराएको थियो । रानी पोखरी एउटा ऐतिहासिक पुरातात्विक महत्व बोकेको धरोहर । भूकम्पपछि भत्किएर संकटमा परिसकेको एउटा सम्पदाले ढिलै भएपनि पुर्नजीवन पाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #रानीपोखरी, #राष्ट्रपति विद्यादेवी भण्डारी

तपाईको कमेन्ट लेख्नुहोस्