निकास देला त नेकपा स्थायी कमिटि बैठकले ?
काठमाडौं । पछिल्लो निर्वाचनबाट करिब दुई तिहाई नजिकको जनमत पाएर सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपा अहिलेसम्म आन्तरिक किचलो झेलिरहेको छ । दल मात्रै होइन्, जनजिविकाका सवालमा कमजोर उपस्थिति देखिदा सरकारको समेत आलोचना भइरहेको छ । नेताहरुको आन्तरिक असन्तुष्टिको निकास खोज्न मन्त्रीपरिषद् हेरफेर तथा मुख्यमन्त्री परिवर्तनसम्मका एजेण्डा बहसमा आएपनि उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय समेत कार्यान्वयन हुन बाँकी छ ।
विवाद समाधानका लागि बनेको कार्यदलले ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अधिकार दिनेगरी बुझाएको प्रतिवेदनमाथीको छलफल तथा बिवादमाथीको निकास खोज्न भन्दै भदौँ २६ गते स्थायी समिति बैठक बोलाइएको छ । योबीचमा अध्यक्ष द्धय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निकासको बिन्दु खोज्ने सम्वादमा जुटिरहेका छन् । तर कतिपय नेताहरु नेकपा बिधि र पद्धत्ति अनुसार चल्दा समस्या नहुने भन्दै व्यक्तिगत लाभ र स्वार्थका कारण बिवाद बल्झिने गरेको बताउँछन् । हुनत, गुटगत भागबण्डाको अभ्यास गरिरहेको नेकपाभित्रका बिवाद र असन्तुष्ठिको कारण विगतदेखी नै छर्लङ्ग हुँदै आएको छ ।
भागबण्डा मिलाउनका लागि सरकारी नियुक्ति, अनि नेताहरु रिझाउनका लागि मन्त्रीमण्डल र मुख्यमन्त्री । देश र जनाताको सबालमा अनि पार्टी र कार्यकर्ताको चाहानामा भन्दा नेताहरुको स्वार्थी प्रबृत्तिमा समस्या औल्याइरहेका छन्, नेताहरु । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरिसकेका छन् । अध्यक्ष द्धयबीच बिवाद समाधान गर्नेगरि सहमति भएको भनिदैगर्दा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको प्रतिवेदनमा समेटिएका कतिपय सुझाबप्रति असन्तुष्टी ।
अझ एक व्यक्ति एक पदको अडान यथावत । अर्थमन्त्री समेतको आकांक्षी बन्दै राष्ट्रिय सभाको प्रवेश खोजिरहेका उपाध्यक्ष गौतमलाई समेत अधुरो आश्वासन । यसले नेकपाभित्रको आन्तरिक कलह साम्य हुनेभन्दा पनि नयाँ बिवाद बल्झिने संकेत गरेको छ । भदौँ २६ को स्थायी समिति बैठकले विवाद समाधान कार्यदलको प्रतिवेदनमाथीको छलफल कसरी अघि बढाउँछ ? अनि निकासका लागि नेताहरु कति इमान्दार देखिन्छन्, यसैबाट नेकपाको आगामी बाटो निर्धारण हुनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #नेकपा स्थायी कमिटि
ताजा खबर
- १टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
- २बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
- ३सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
- ४बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन
- ५साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने सञ्चारमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्