Techie IT
  • १९ मंसीर २०८०, मंगलबार
KhojPatrika

रातो मछिन्द्रनाथको रथ तान्ने प्रयासपछि झडप


काठमाडौं । रातो मछिन्द्रनाथको रथ यात्रा गर्न दबाब दिँदै केही स्थानिय र युवाहरुले पुल्चोकमा प्रदर्शन सहित रथ तान्ने प्रयास गरेका छन । कोरोना भाइरस संक्रमणका कारण रोकिएको रथयात्रा संचालन गर्न गुठी संस्थान र सरोकारवाला निकायहरु इच्छुक नदेखिएपछि केही दिनमा सुरु हुने मलमास छल्नेगरी छिटो गरेर जात्रा संचालन गर्न समेत युवाहरुले माग गरेका छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा लामो समय देखि थाती रहँदै आएपछि रथ लाई स्थानीय युवा र केही गुठीयारहरूले बिहीबार निषेधाज्ञा तोडेर तान्ने प्रयास गरेका छन ।

कोरोना महामारीले पटक पटक अन्योलमा परेको रथयात्रा लाई निरन्तरता दिन ललितपुर महानगरपालिका र गुठी संस्थानलाई सरोकावालाहरुले पटक पटक दबाब दिएपनि रथयात्रा बारे नीष्कर्ष नआएपछि केही युवा र स्थानियले ले रथतान्न प्रयास गरेका हुन । उनीहरुले रथयात्रा अनिश्चित हुने भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्दै रथयात्रा गर्न माग गर्दै प्ले कार्ड सहित प्रदर्शन गरेका छन् । असोज २ गते बाट मलमाश सुरु हुने र मलमासको समयमा रथ तान्न नहुने धार्मिक मान्यता रहेको छ । मलमाश सुरु हुन अघि नै मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने प्रचलन अनुसार स्थानीयले निषेधाज्ञा मिचेर रथ तानेका हुन ।

रथ बनाईसकेपछि रथारोहण र त्यस लगतै रथयात्रा गर्नु अनिवार्य प्रक्रिया भएको बताउदै यसलाई रोक्नु भनेको सयौं वर्षदेखि चल्दै आएको धार्मिक, सांस्कृतिक परम्परा माथी खेलवाड गरिएको स्थानियले बताएका छन् । चैत २७ गते मच्छिन्द्रनाथको निर्माण समय तोकिए पनि लकडाउनका कारण काम हुन सकेको थिएन र असार १० गतेबाट रथ निर्माण सुरु भएको थियो । मच्छिन्द्रनाथ महास्नानको भोलिपल्टदेखि रथ बनाउने चलन भएपनि कोरोनाका कारण लकडाउन खुकुलो भएसँगै नयाँ साइत निकालेर क्षमापूजा गरेपछि पुल्चोकमा रथ निर्माण सुरू गरिएको थियो ।

पछिल्लो पटक भाद्र १ गतेबाट रथ तानिने भने पनि गुठी संस्थाको आदेशका कारण रोकिएको थियो । रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्बन्धी सम्पूर्ण प्रक्रियामा सहभागी हुने ज्यापु समाज भने गुठी सस्थानको निर्णय कुरेर बसको छ । सर्वसाधारण भेला भएर रथ तानेको बारे कुनै जानकारी नभएको र आज बस्ने बैठकले रथ तान्ने वा स्थगित गर्ने बारे निर्णय गर्ने ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए । यता केही बुदीजिविहरुले भने कोरोनाको समयमा सबैको सुरक्षाको ख्याल राख्दै कर्फ्यू लगाएर भए पनि रथयात्रा सम्पन्न गर्नुपर्ने सल्लाह दिएका छन ।

रातो मछिन्द्रनाथको रथ तान्ने प्रयासका तस्वीरहरु


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #गुठी संस्थान, #रातो मछिन्द्रनाथको रथ यात्रा


तपाईको कमेन्ट लेख्नुहोस्