पर्सामा ३ जना कोरोना संक्रमितको मृत्यु, ५० जनामा संक्रमण

काठमाडौं । पर्सामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् । मृत्यु भएकोमध्ये एक जना वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी ४३ पुरूषको कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा नारायणी अस्थायी बिशेष कोरोना अस्पताल वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको छ। उनी हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी रहेका थिए । ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोभिड अस्पताल भर्नालगत्तै भेन्टिलेटरमा राखेर उपचारका क्रममा हिजो राति मृत्युु भएको हो ।
यस्तै, बीरगञ्ज महानगरपालिका २२ मनियारी निवासी ३७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको हो। वीरगन्ज स्थित नारायणी अस्थायी बिशेष कोरोना अस्पताल वीरगन्ज हेल्थ केयरमा रहेका ती पुरुषको स्वास्थ्य अवस्थामा सुधार नआएपछि शुक्रबार राति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो । वीरगन्जको तराई हस्पिटलमा उपचाररत कोरोना पुष्टि भएपछि शुक्रबार उनलाई कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो। यसैगरी नारायणी अस्पतालमा शुक्रबार साँझ मृत्यु भएकी वीरगन्ज महानगरपालिका१२ मुर्लीकी निवासी ६५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनको श्वासप्रश्वासमा र उच्च रक्तचापको समस्या देखिएको थियो ।
त्यस्तै वीरगन्जमा थप ५० जनामा कोरोना भाइरस संक्रमण पष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पिसीआर परिक्षणमा एक जना काठमाडौंसहित प्रदेश नम्बर २ को विभिन्न जिल्ला गरि थप ५० जनामा संक्रमण देखिएको हो । जसमा सबै भन्दा धेरै पर्साक वासिन्दा रहेका छन । शुक्रबार प्रयोगशालामा ४ सय ४३ जनाको स्वाबको नमुनालाई परीक्षण गर्दा ५ महिलासहित थप ५० जनामा सङ्क्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मा १५ वर्षका युवादेखि ५६ वर्षका वृद्धसम्म रहेका छन् ।
वीरगन्ज स्थित वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ भने वीरगन्जको भवानी अस्पतालमा कार्यरत एक महिला डाक्टरमा समेत कोरोना देखिएको छ । थपिएको ५० जनामा संक्रमितमध्ये पर्साका ३१ जना , बाराका ८ जना , धनुषा ४ जना, महोत्तरी ३ जना, सर्लाही २ जना , रौतहटका १ जना र काठमाडौंको १ जना बासिन्दा रहेका हुन् । पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिका गरी ३१ जनामा संक्रमण देखिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना अस्पताल, #पिसीआर परिक्षण
ताजा खबर
- १एनसेलको शेयर बिक्रीले खैलाबैला,छानविन गर्न समिति गठनदेखि अदालतको अंकुशसम्म !
- २बेलायतले रुसलाई लगायोआफ्ना शीर्ष नेताविरुद्ध साइबर जासुसी गरेको आरोप
- ३गाजाको अवस्था अत्यन्त खराब भएको संयुक्त राष्ट्रसंघीय एजेन्सीको दाबी
- ४राष्ट्रियसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक,दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
- ५त्रिभुवन विमानस्थल भन्सारबाट १४ किलो सुन बरामद, ज्याकेट र जुत्तामा लुकाएको फेला (भिडियो सहित)
तपाईको कमेन्ट लेख्नुहोस्