दलित तथा बिपन्न बस्तीहरुमा झुटको खेती, टिनका पाता कुर्दा–कुर्दा भत्कीए घर
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ६ ताँसी र धुमाका का दलित तथा बिपन्न बस्तीहरुलाई संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खरको छानो मुक्त गर्नेभनी ६९ लाख रकम अनुदानमा आयो । उक्त आयोजना कार्यान्वयन नभई अहिले सम्म अलपत्र परेको छ । आयोजना अलपत्र पर्यो ताँसी र धुमाका स्थानीयहरुको खरले छोएका घरहरु भत्किन थालेका छन । दलित तथा बिपनन् बस्तीहरुका टिन छाउँने सपना अधुरै रहेको स्थानीय सुर्जी बिकको गुनासो छ ।
टिनका पाता आउँने पर्खाइमा बितेका ताँसी र धुमानौलपैना बासीहरुका घरहरु भत्किन थालेका छन । गाउँपालिका वडापालिकाले तत्कालै टिनआउँने बिश्वासका कुरा दिलाएपछि खर काट्न जंङगल गएका थिएनन् । खर नकाटेपछी झमझरी पानीले घर भत्कने सम्भावना निकै रहेको स्थानीय पुनी बि.कले बताईन । सरकारले टिन दिने भनेपपछि खुसी भएका दलित तथा बिपनन् ताँसी र धुमा बासीन्दाहरुको खरेछानोमा टिन छाउँने सपना अधुरै रहने भएको छ ।
बर्ष भरी नचुहिने गरी खरले घरभरी छाप्ने ताँसी बासीहरु अहिले सरकारले टिन दिने बिश्वाशीला कुरा गरेपछी ताँसी बासीहरुले खर “क्यार”पनी छाप्ना पाएका छैनन् । पानी परेपछि घर बाहिर होईन भित्र बढी आउँने भएको स्थानीयहरुको गुनासो छ । २०७६ साल पौष महिनामा संघिय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत ६९ लाखले बारेकोट ६ मा रहेका ताँसी र धुमाका दलित तथा बिपन्न बस्तीहरुका ८० घरहरु भन्दामाथि टिन छाउँने सम्झौता भयो । उक्त रकम गाउँपालिकाको खातामा आएको थियो ठेकेदारले सम्झौता नगरेपछी अलपत्र परेको हो ।
अब तल्कालै उक्त आयोजना निर्माणमा जोड दिने गाउँपालिका प्रशासकीयय अधिकृत गोबिन्द्र बहादुर सिंहले जानकारी गराए । गाउँपालिकाले भने काम तल्कालै सूरु गरियता पनि ठेकेदारको लापर्वाहीको कारण उक्त आयोजना अलपत्र परेको हो । यसलाई निर्माण कार्यमा लैजान गाउँपालिका लागी परेको छ । यो काम तल्कालै गर्ने भएको अधिकृत सिंहको भनाई छ । ताँसी र धुमा बासीहरुको टिन छाउँने सपना अधुरो रहने भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ताजा खबर
- १सडकमा हिड्दा हिड्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ
- २बढ्यो पेट्रोल र डिजेलको मूल्य
- ३मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द
- ४एमालेलाई मिनबहादुरको १० रोपनी जग्गा दान, शिलान्यास गर्ने ओलीमाथि उठ्यो प्रश्न !
- ५सहकारीको एउटै प्रकरणमा सरकारको विभेद, कोही जेल कोही खुलेआम चुनौति दिदैं राजनीतिमा !
तपाईको कमेन्ट लेख्नुहोस्