एकैदिन काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । एकै दिन काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, देशभर एकै दिन थप ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार २५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको थियो । एकैदिन एक सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार आठ सय ६ पुगेको छ । अब १३ हजार सात सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै ११ हजार दुई सय ७५ जना क्वरेण्टीनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ पुगेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्